वडा सदस्यको मृत्युमा नौबहिनीमा आज शोक बिदा

प्यूठानको नौबहिनी गाउपालिका वडा २ को वडा सदस्यको मृत्यूभएपछि नौबहिनी गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयले आज शोक विदा दिएकोछ ।

शोक विदा सम्बन्धी सुचना

आइतबार प्युठानको नौबहिनी गाउँपालिका–२ का वडा सदस्य ५७ वर्षीय थम्मन सिंह घर्तिमगरको मृत्यु भएको छ ।

आइतबार विज्ञप्ती जारी गर्दै नौबहिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शोक विदा सम्बन्धी सूचना जारी गरेको हो । जनप्रतिनिधिको असामयिक निधनको कारण गाउँपालिका र मातहतका सवै वडा कार्यालय, स्वास्थ्य चौकी तथा सबै सामुदायिक विद्यालयहरुमा शोक विदा दिने गाउँपालिका अध्यक्ष स्तरीय निर्णय भएको नौबहिनी गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय बहानेका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए ।

वडा सदस्य थम्मन सिंह घर्तिको दमको विरामी रहेको नौबहिनी गाउँपालिकाका पूर्व उपाध्यक्ष घन बहादुर बुढा ‘सचिनले’ जानकारी लिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation