दाङमा सर्पको टोकाइबाट युवकको मृत्यु

दाङ । दाङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१६ शान्तिटोलका २६ वर्षीय रोशन डाँगीको सोमबार राति सर्पको टोकाइबाट मृत्यु भएको हो ।
घरमा सुतिरहेको अवस्थामा राति १० बजेतिर सर्पले खुट्टामा टोकेको थियो । डाँगीलाई अस्पताल लैजान ढिलाइ हुँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए ।
उनलाई मंगलवार बिहान राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation