वडाध्यक्षद्वारा उपसचिवमाथि मुक्का प्रहार

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्टले कानुनलाई हातमा लिएर मुक्का प्रहार गरेका छन् । उनले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव नेत्रबहादुर कार्कीमाथि मुक्का प्रहार गरेका हुन् । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा कार्की केही बोलिरहेको देखिन्छ । तर, वडाध्यक्ष विष्टले भने एक्कासी उनीमाथि मुक्का प्रहार गरेका छन् । कानुनी राज्यमा वडाध्यक्षले नै यसरी मुक्का प्रहार गरेको भन्दै उनको आलोचना समेत भएको छ ।

केही समयअघि उपसचिव कार्कीले सोही ठाउँमा वडाध्यक्षलाई धकलेको भिडियो पनि आएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation