गौमुखीमा हाटबजार संचालन !

प्यूठान/ उत्तरी प्यूठानको गौमुखी गाउपालिकाको वडा न ५ खुङ्मा शनिवार हाटबजार संचालनमा आएको छ ।

हाटबजारमा वडामा उत्पादित सम्पुर्ण बस्तुहरू जस्तै:आरनबाट उत्पादित औजार,बासवाट निर्मित बस्तुहरु एवं कृषिमुलक बस्तुहरु केरा,काउली,हलेदो,अदुवा,काफल लगायत थुप्रै कृषि उपजहरुको बिक्रि वितरण गरीएको छ ।                 

वडामा हाटबजार व्यवस्थापन समिति गठन गरिएको छ । हाटबजारमा बिक्रि वितरण हुने बिभिन्न बस्तुहरुको बजार मूल्य वडा कार्यालय र व्यवस्थापन समिति मिलेर निर्धारण गरिएको वडाअध्यक्ष बरुण ध्वज मल्लले बताएका छन् ।

गौमुखीकै पहिलो हाटबजार संचालन खुङ बाट शुरु भएको छ । आफ्नै वडामा उत्पादित बस्तुहरुले वडामै बजार मूल्य पाउदा स्थानीय हरु हर्षित बनेका छन् ।

यसैक्रममा गौमुखी गाउपालिका प्यूठानले कृषि एम्बुलेन्स संचालनमा ल्याउने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation