बिष्णु माझीको दुरुस्तै आवाज भएकि गुल्मीकी सिमाले ल्याईन “कैदी”

प्यूठान/नेपाली गीत संगीतको बजारमा एकपछि अर्को गीत प्रतिस्पर्धात्मक रुपमा आईरहेका छन् ।यसैक्रममा गुल्मीकी नवगायिका सिमा नेपालीको जेल चलान २ “कैदी”बोलको गीत शुक्रवार सार्वजनिक भएको छ ।

आफुलाई माया गर्ने मान्छेले मनको कुरा बुझ्न नसकेको र उसको प्रेममा आफु दास सरी हुनुपर्ने माया गर्ने प्रेमी प्रेमिका हरुको वेदनालाई प्रेमिल भावद्वारा व्यक्त गरी गीतको माध्यमवाट पर्दामार्फत देखाउन खोजिएको छ । साथमा प्रेम गर्ने प्रेमी प्रेमिका मायामा तड्पिरहेको शब्दको भावमा राखेको भिडियोमा देख्न सकिन्छ ।

चर्चित निर्देशक बिक्रम चौहानको निर्देशनमा तयार पारिएको उक्त म्युजिक भिडियोमा चर्चित कलाकारहरु सारिका केसी र हरी थापाको कारुणिक अभिनय देख्न सकिन्छ ।

लोकप्रिय गुल्मेली सर्जक एवं कलाकार बिक्रम थापाले लेखेको शब्दमा महेन्द्र भण्डारीले संगीत भरेका छन् भने सुमधुर आवाजकि धनि गुल्मेली गायिका सिमा नेपाली र बिक्रम थापाको सुमधुर स्वर रहेको छ ।

मालश्री स्टुडियोमा तयार पारिएको गीतको रेकर्डिङ गोबिन्द पराजुली र सागर बाजुरालीले गरेका छन् भने उक्त गीतको छायांकन प्रकाश खड्काको टिमले गरेका छन् ।कलरिंग मिलन विश्वकर्माले गरेका छन् भने भिडियो सम्पादन बि स्टार फिल्मले गरेको हो ।

जेल चलान २ “कैदी” म्यूजिक भिडियो ब्लु स्टार नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । सिमा नेपालीको पहिलो गीतले नै यतिबेला अत्यधिक चर्चा कमाईरहेको छ । यो समाचार तयार पारिसक्दा ५७ हजार दर्शकले युटुबमा हेरिसकेका छन् । नेपालीको “कैदी” गीतले यतिबेला चर्चा कमाउने रहेको छ ।

४ वर्षअघि “जेल चलान” बोलको गीतमा बिष्णु माझि र बिक्रम क्षेत्रीको आवाजमा सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation