कर्णप्रिय गायक विनोद परियारको दोस्रो मौलिक कोशेली ‘ए ठुले’ सार्वजनिक

नवगायक विनोद परियारको ”ए ठुले” नामक कर्णप्रिय गीत आज सार्वजनिक भएको छ । गत पुस २७ मा न्याउली वनैमा नामक मार्मिक गीत पस्केका विनोदले ४ महिनाको अन्तरालम अर्काे कर्णप्रिय गीत ल्याउन सफल भएका हुन् । लामो समयदेखि सांगीतिक यात्रामा कैयौं आरोह अवरोहहरुको सामना गरिरहेका विनोदले योसँगै दोस्रो सांगीतिक कोशेली स्रोता दर्शकसामु ल्याउन सफल भएका हुन् । विनोद परियारको लय, शब्द र स्वर रहेको सो गीतमा लेडिज भोकल सुनिता बुढा क्षेत्रीको रहेको छ ।

बिनोद बाजुरालीको एरेन्ज रहेको सो म्युजिक भिडियोमा बिनोद भन्डारी र मिना परियारको मौलिक पाराको सानदार अभिनय रहेको छ । मायाप्रेममा आधारित उक्त सुमधुर मौलिक गीत विशाल गाधुली क्रियसन युट्युब च्यानलबाट प्रसारित छ ।

                     को हुन् विनोदः एक छोटो चर्चा

             सायद २ जना मानिसहरू, उभिएका मानिसहरू र घरभित्र को फोटो हुनसक्छ

बाल्यकालदेखि नै गीत संगीत, नृत्य र बाद्यबादनमा झुमिरहने सांगीतिक सुस्केरा हुन विनोद परियार । विभिन्न चोट र हण्डरहरुमा ठोक्किँदै अगाडि बढिरहेका विनोद प्युुठानको मरन्ठानाको ओसिलो पाखामा निम्न आय भएको परिवारमा बि. सं. २०५१ सालमा आमा सीता परियार र बुबा चन्द्रबहादुर परियारको कोखबाट जन्मेका हुन् ।

राम्रो गायक बन्ने सपना मनको कन्दरामा बोकेका सुमधुर स्वरका खानीले आर्थिक र पारिवारिक समस्याको पहाडले थिंचिदिदा पनि मनमा कत्ति निराश भरेनन् । तातेताते गर्दै सांगीतिक यात्रा थालिरहँदा एक्कासि बुबाको मृत्यु भएपछि उनको सांगीतिक यात्रामा झण्डै पूर्णविराम नै लाग्न खोज्यो ।

स्वदेशमा सोझा र इमानदारका सुदिन नदेखेपछि संगीत क्षेत्रमा उदाउने र परिवारलाई पनि समृद्ध बनाउने झोलाभरि सपनाको चाङ बोकेर उनी मुगलान कुँदे पैसा कमाउन । मुगलान पनि कहाँ सबैलाई भनेजस्तो हुन्थ्यो र रु विदेश जाने क्रममै दलालले अनाहकमा ५० हजार हजम गरिदियो । खैर के गर्नु रु आखिर परेपछि जे पनि सहुँला बुझुला भनेजस्तै उनी पनि परदेश हानिए आफ्नो घरदेश बनाउन ।

विभिन्न जोखिम र चुनौतिहरु पार गरि आफु मुग्लान पस्दाको लगानी मात्रै उपर गरेर करिब ५ वर्ष अघि नेपाल फिरेका उनी हिजोआज भने आफ्नो सांगीतिक करियर बनाउन कहिले बुटवल त कहिले काठमाडौं धाइरहेका छन् । असल प्रतिभाको सहज पहिचान र विकास गर्दिने कुनै निकाय हुँदो हो त विनोद जस्ता हजारौँ प्रतिभाशाली फुलहरु किन नफक्रँदै ओइलाउनु पर्थ्यो र रु आसा छ, उनी मोफसलका दर्शक र स्रोताहरुको मनमुटुमा कर्णप्रिय गायक र सर्जकको रुपमा चिरपरिचित हुनेछन् र एक सवल एवं सफल गायक बन्ने छन् ।

कमजोर आर्थिक अवस्थामा गुज्रीरहेका विनोद परियार सम्भावित उदयमान कर्णप्रिय युवा गायक हुन । उनले आर्थिक अवस्थाकै कारण आफ्ना अथाहा प्रतिभालाई ओझेलमा पारेका थिए । यद्यपी उनको आजप्रयन्त यो समस्या उस्ते छ । आसा छ, अस्वस्थ प्रतिस्पर्धाको सांगीतिक बजारमा इमानदार कालाकारहरुको भविष्य उज्वल बनाउन सफल हुनेछन् । दिनदुखी र आवाजविहिनहरुका गीत संगीत गुनगुनाउँदै असल जनकलाकार बनुन् , हार्दिक बधाई एवं सफलताको शुभकामना ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation