आफ्नै दिदीको हत्या आरोपमा एक युवक पक्राउ !

दोलखामा आफ्नै दिदी हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

मेलुङ गाउँपालिका-१ पोवटीका २३ वर्षका रामभरत भुजेल आफ्नै दिदी कल्पनाको हत्या आरोपमा पक्राउ परेका हुन् ।
३२ वर्षकी कल्पना भुजेल श्रेष्ठ एक वर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार भाइ रामभरतले उत्तिसको दाउराले टाउकोमा प्रहार गर्दा कल्पनाको मृत्यु भएको हो ।
शुक्रबार साँझ पक्राउ परेका रामभरतमाथि ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation