Pranmancha

Advertisment

SKIP THIS

जन्मदिनको अवसरमा पत्रकार पन्तद्वारा विपन्न विधार्थिलाई कापिकलम वितरण

सल्यानको एक पत्रकारले जन्मदिनमा आफुले पढेको विधालयमा कापिकलम वितरण गरेका छन।

जन्मदिनको अबसरमा आफू कक्षा१ देखी माध्यमिक शिक्षा सम्म आफुले अध्ययन गरेको सल्यान जिल्ला को कुमाख गाउँपालिका वडा न:६ बडागाउमा रहेकोे श्री जनकल्याण माध्यमिक विधालयका विद्यार्थी लाई पत्रकार पुष्कर पन्त सुनारले १५ दर्जन कापी कलम सहित खेलकुद सामाग्री वितरण गरेका छ्न ।

कार्यक्रममा बोल्दै सुनारले जन्मदिनलाई फजुल खर्च गरेर मनाउनु भन्दा सार्वजनिक संस्थामा मनायको  र केही विधालयलाई सहयोग हुने हिसाबले जन्मदिन  स्कुलमा  मनायको बताए ।

विशेष गरि श्री जनकल्याण मा वि पढ्ने निम्न स्तरका विद्यार्थी भएको हुदा  उनी केही राहत स्वरुप कापी कलम उपलब्ध गराएको बताएका छन । कापी कलम दिदा उनिहरु पढ्न लेख्न अलि केही ब्यस्त हुन र उचित तरिकाले कापी कलम व्यवस्थापन गरि लेख्न को लागि कापि कलम सहज होला भने उद्देश्यका साथ निम्न स्तरका   विद्यार्थी लाई वितरण गरेका हुन ।

उनी सानै देखि सामाजिक काम गर्नलाई रुचाउने गर्थे र उनले बिगतमा विश्व भरी फैलिएको  कोरोना महामारीको समयमा पनि घर घर गएर सचेतना दिदै माक्स वितरण पनि गरेको उनले  स्मरण गरे ।

सानेै उमेरमा उनि ( अखिल क्रान्तिकारी विद्यार्थी संगठन आबद्ध भइ सल्यान विद्यार्थी आन्दोलन निम्ति पनि आफुले विशेष पहल गरेको समेत जनाए ।

शिक्षामा भएको निजीकरण , ब्यापारीकरण विरुद्ध आवाज उठाउने उनी १६ बर्ष को उमेर जेल पनि बिताएका थिए ।

पढ्ने समयमा उनिले थुप्रै विद्यार्थीको पक्षमा सडक उत्रिने गर्थे ऊनले विद्यार्थीलाई सुनाउदै भने विधालयमा कोहि शिक्षक स्टाफले यदि गलत गर्छ भने त्यसको विरुद्ध विधार्थिहरुले आवाज उठाउने समेत बताए ।

गलत विरुद्ध विद्यार्थी एक जुट भएर लाग्ने र शिक्षालाई परिवर्तन गर्न तर्फ विद्यार्थी , शिक्षक स्टाफ ,एकरुपता हुने र विधालय लगायत विद्यार्थीलाई गर्न सहयोग प्रति आफू सधै लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सुनारले आगामी दिनको विधालयको शैक्षिक अवस्था उन्नती प्रगतिमय रहोस् भन्दै आफुले विधार्थी समयमा धेरै ज्ञान प्राप्त गरेको कहिले भुल्ने छैन भन्दै विधालय परिवारलाई धन्यवाद दिएका छन।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation