राष्ट्रिय जनमोर्चा प्यूठानको अध्यक्षमा ज्ञामुराम न्यौपाने निर्वाचित

राष्ट्रिय जनमोर्चा प्यूठानको अध्यक्षमा ज्ञामुराम न्यौपाने चयन भएका छन्  ।                                 

शनिबार सम्पन्न छैठौं जिल्ला सम्मेलनले न्यौपानेको अध्यक्षतामा ३१ पूर्ण र १० वैकल्पिकसहित ४१ सदस्यीय जिल्ला समिति चयन गरेको हो । यस्तै, सम्मेलनले १० सदस्यीय  सल्लाहकार समेत चयन गरेको छ ।

जिल्ला समितिको उपाध्यक्षमा ईमानसिंह खड्का, सचिव केशवराज आचार्य, सहसचिव नारायण जिसी र कोषाध्यक्षमा टिकाबहादुर जिसी चयन भएका छन्  । न्यौपाने यसअघि नेकपा मसाल प्यूठानको प्रबक्ता थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation