झिमरुकले खरिद गर्‍यो बबक्याट मेशिन

झिमरुक गाउँपालिकाले क्याट्लाग/ब्रोस बिधिबाट ब्याक हो लोडर खरिद गरेको छ । यसका लागि मिति २०८० बैशाख ७ गते झिमरुक गा.पा.र इन्फ्रास्ट्रक्चर लीजिङ एण्ड कन्स्ट्रक्सन सर्भिस प्रा. लि. बिच सम्झौता भएको थियो ।  सोही सम्झौता अनुसार झिमरुक गाउँपालिकाले आफ्नै लगानीमा कुल ४५ लाख ४९ हजार रुपैयाँमा खरिद गरिएको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतारा क्षेत्रीले जानकारी दिनुभयो ।

उक्त लोडरलाई आज कम्पनी प्रतिनिधिले गाउँपालिकाका कार्यकारी अधिकृत सुभाष रिजाल लाइ चाबी संगै गाडी हस्तान्तरण गरेका छन् ।

यस लोडरले पालिका क्षेत्रभित्र कार्यपालिकाले तय गरेको दर रेटमा काम गर्ने गाउँपालिकाका इन्जिनियर अशोक जीसी ले बताउनुभयो ।
अवका दिनमा बाटोघाटो लगायत अन्य विभिन्न काममा अकस्मात् आईपर्ने समस्या तत्काल समाधान गर्न सहज हुने अपेक्षा गरिएको छ ।

एकातिर निर्माणका क्रममा छिटो छरितो सेवा प्रदान हुनेछ भने अर्को तर्फ लोडर मार्फत भएको आयआम्दानीलाई अन्य बिकास निर्माणका काममा खर्च गर्न सकिने प्रदिप जिसीले हामिलाई बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation