बैबाहिक फजुल खर्चकाे सट्टा गणेश-मिना दम्पतीकाे विद्यालयलाई झन्डै सवा लाखकाे अक्षयकोष

प्रगतिशील बिबाहकाे अवसरमा विद्यालयलाई १ लाख ५ हजारकाे अक्षयकोष

सल्यानकाे कुमाख गाउँपालिका २ निवासी गणेश आरसी र कुमाख ३ गुरुदासे निवासी मिना रानाले बैबाहिक समारोहकाे अवसरमा विद्यालयलाई १ लाख ५ हजारकाे अक्षयकोष स्थापना गरेका छन् । आइतबार कुमाख २ नेटा बजारमा भएको प्रगतिशील बिबाह समारोहबीच नव दम्पती मिना राना र गणेश रानाले नेटामा रहेकाे नारायण माध्यमिक विद्यालयलाई साे अक्षयकोष हस्तान्तरण गरेका हुन् ।


२०५२ सालदेखि ०६२ सम्म संचालित दस वर्षे जनयुद्धको समयमा हरेक गाउँमा देखिने जनवादी तथा प्रगतिशील संस्कार संस्कृतिको बिबाह तथा मृत्युजन्य संस्कारकाे यतिबेला चरम अभाव रहेकाे बेला तत्कालीन समयकाे झझल्को दिनेगरी बैबाहिक समाराेह गरियाे । प्रगतिशील बैबाहिक समाराेहकाे सभापति गणेश रानाका बुबा भिम बहादुर राना रहेका थिए भने प्रमुख वक्ताकाे रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व सांसद एवं मन्त्री टेकबहादुर बस्नेत रहेका थिए ।

सामाजिक कार्य गर्ने हेतुले स्थापना गरिएको उक्त अक्षयकोषले विद्यालयकाे शैक्षिक जगतलाई उकास्न बल पुग्ने र साे अक्षयकोषकाे लाभांशबाट प्राप्त हुने रकमलाई विद्यालयका गरिब, जेहन्दार तथा द्वन्द्वपीडित बालबालिकालाई पुरस्कृत गरिने नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक देबेन्द्र बहादुर रानाले बताए । बिबाहमा हुने फजुल खर्चलाई शैक्षिक उनन्वयकाे लागि सहयाेग गर्न पाउँदा निकै खुसी भएको नवदम्पतिले बताए । लाभांशबाट प्राप्त हुने रकमलाई विद्यालयका गरिब, जेहन्दार तथा द्वन्द्वपीडित बालबालिकालाई पुरस्कृत गरिने गणेश राउतले बताए ।


कार्यक्रममा बाेल्दै टेकबहादुर बस्नेतले समाजका हरेक अंगमा परिवर्तन अनिवार्य रहेकाे बताए । उनले गणेश-मिनाकाे जाेडि र उनकाे परिवारले सामाजिक परिवर्तनकाे दिशामा मालेमावादी संस्कृतिको नमुना पेस गरेकाेमा निकै खुसी भएको बताउँदै हरेक नागरिक जिम्मेवार ढंगले परिवर्तनको दिशामा लाग्न अपिल पनि गरे । कार्यक्रममा विप्लव नेकपाका जिल्ला इन्चार्ज भिम भारतीले फजुल खर्च नगरी गरिएको बिबाहले समाजमा नयाँ इतिहास रचेकाे बताए । उनले गणेश र मिनाकाे जाेडी अग्रगामी समाजकाे अमुल्य गहना भएकोले यसकाे संरक्षण र विकासमा सबै लाग्नुपर्ने बताए ।

 

कार्यक्रममा कुमाख गाउँपालिकाका पूर्वअध्यक्ष दिलमाया बढामगर, नेपाली कांग्रेसका युवा नेता रमेश केसी, संचारकर्मी पदम प्रसाद पाेख्रेल, डिल्ली बहादुर रावत, टंक प्रकाश केसी लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation