प्यूठान ।नेपाल आयल निगमले बुधवार रातिदेखि डिजेलको मूल्य लिटरमा १० रुपियाँले घटाएसँगै लामो दुरीका सवारीसाधनको भाडा घटेको छ ।
यातायात व्यवस्था विभागले जेठ ३ गतेदेखी लागू हुनेगरी भाडा समायोजन गरेको हो ।
भाडा समायोजन पछि प्यूठान-भालुवाङ देखि काठमाण्डौको ४ सय ३२ किलोमिटर दुरीको भाडदर ३४ रुपियाँले घटेको छ ।
यसअघि प्यूठान-भालुवाङ देखि काठमाण्डौसम्मको भाडा १३ सय ७९ लाग्दथ्यो भने बुधबारदेखि १३ सय ३५ लाग्ने भएको छ ।