प्यूठान अस्पताललाई कसरी व्यवस्थित बनाउने ?

अस्पताललाई कसरी व्यवस्थित बनाउने विषयक कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।प्यूठान अस्पतालको भौतिक,सामाजिक, आर्थिक अवस्था र सेवा प्रवाहको जानकारी अस्पतालमा रहेका समस्या र समाधानका लागि योगदान विषयमा जिल्लाका बिभिन्न सरोकालरवाला निकायहरुले अस्पतालको सेवालाई के कसरी सहज,सरल र विश्वासिलो तवरले प्रदान गर्न सकिन्छ भन्ने धारणासहित त्यसको लागि सवै निकायहरु अग्रसर रहनुपर्ने बताएका छन् ।

प्यूठान अस्पताल विकास समितिको आयोजनामा आयुष्मा होटल जुम्री प्यूठानमा संचालन भएको उक्त,भौतिक,सामाजिक,आर्थिक अवस्था ,सेवा प्रवाहको जानकारी,अस्पतालमा रहेका समस्या र समाधानका लागि योगदान विषयक अन्तरक्रिया कार्यक्रममा बिभिन्न तह र तप्काका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

सोहि कार्यक्रममा जिल्लाका ९ वटै स्थानीय तहका जनप्रतिनिधिहरु,सबै राजनीतिक दलका प्रतिनिधिहरु,विधार्थी संगठनका प्रतिनिधिहरु,समाजसेवीहरु,प्रमुख एवं कर्मचारीहरु,स्वास्थ्य क्षेत्रका कर्मचारीहरु लगायत सन्चारकर्मीहरु उपस्थित थिए ।

कार्यक्रममा जिल्ला अस्पताल मेडिकल सुपरीटेन्डेन्ट उर्मिला खनालले अस्पताल सुधारका लागि सवै व्यक्तिहरु एक्यबद्धता भै लाग्नुपर्ने बताउनुभएको छ । निक्स साइमन इन्सिच्यूतले जिल्ला अस्पताल लाई बलियो तवरले धानिरहेको छ र अस्पतालको लागि आर्थिक अभाव भैरहेको समेत खनालले बताउनुभयो । आफु एक्लैले मात्र केहि गर्न नसक्ने समेत खनालले बताउदै जिल्ला अस्पतालको भौतिक पूर्वाधारमा समस्या,अव्यवस्थीत एवं साघुरो भवानाहरुले गर्दा पनि कार्य संचालनमा समस्या,दरबन्दी अनुसार डाक्टर नहुनु,र विधुतको समस्या जस्ता समस्या हरुमाथि उपस्थित व्यक्तिहरुलाई प्रस्ट पार्दै समाधानका उपायहरु नियाल्न ध्यानाकर्षण गराउनुभएको छ ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद तुल्सीराम शर्माले अस्पतालको बिकासमा सबै एकै लय र तालमा लाग्नुपर्ने बताउनुभयो ।
त्यस्तै अस्पताल बिकास समितिका अध्यक्ष बिजयबिराज बिस्टले अस्पतालको इतिहास बताउदै शुरुमा १५ शैयाको अस्पतालबाट ५० शैयाको अस्पतालसम्म आईपुग्दा धेरै समस्या झेलीरहेको बताउदै राजनीतिक पूर्वाग्रहमा केन्द्रित नभई छिमेकी जिल्लाहरु अर्घाखाची,रोल्पा र गुल्मी संग समेत सहयोग माग्नुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा अस्पतालमा आउने बिरामीहरुलाई गरिएका राम्रा नराम्रा व्यवहारहरुको बारेमा बताउदै अस्पताल बिकासका लागि उपस्थित बक्ताहरुले आलोचनासहित सुझाब दिनुभएको छ ।

अस्पतालका प्रमुख डाक्टरहरुले बक्ताहरुको सुझाबहरुलाई ध्यानमा राखी जवाफ दिएका छन्।
प्यूठान जिल्ला अस्पताल यसअघि बारम्बार बिबादमा आइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation