सपाङगहरुका लागि प्रेरणा ! दुबै खुट्टा घुमाएका हरिबहादुरकाे सगरमाथा कृतिमानी

घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका थवाङ रोल्पाका हरिबहादुर बुढा मगरले सगरमाथा आरोहण  गरेका छन् । मगरले कृत्रिम खुट्टाको सहयोगमा हिजो दिउँसो सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगरले अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए । यसअघि दुवै खुट्टा गुमाएका दुई जनाले सगरमाथा आरोहण गरेका थिए ।

यस वर्ष सगरमाथा आरोहणका क्रममा ११ जनाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म ११ जनाको शव उद्धार भइसकेको र दुई जना हराइरहेका पर्यटन विभागका निर्देशक एवम् पर्वतारोहण शाखा प्रमुख युवराज खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation