युग विद्रोहका नायकः कवि कृष्ण सेन ‘इच्छुक’

‘मौनता मृत्यु हो
तिमी बौल्छौ भने मारिन्छौ
र, नबोल्दा पनि मारिन्छौ
तसर्थ,
बोल र मृत्यु स्वीकार गर ।’

अल्जेरियाली कवि ताहर जाउदले लेखेको कविता जस्तै आफ्नो जीवनलाई बलिदान दिएर पनि आस्थाको देउरालाीमा आर्दश बनेर बाँचिरहेका युग विद्रोहका गायक हुन् कवि कृष्ण सेन ‘इच्छुक’।

गोरो र हँसिलो अनुहार, पातलो शरीर, मझौला कद, मीठो बोली, सेतो चश्मा, सफा र सुहाउँदिला कपडा, घरबुनाको झोलामा किताब र कलम, उदात्त भावना र धारिलो चेतनाले इच्छुकलाई चिह्न सकिन्थ्यो। समग्रमा उनी सरल र समान्य मानिस नै हुन् ।

कृष्ण सेन ‘इच्छुक’ को जन्म वि.सं. २०१३ साल कात्र्तिक १३ गते भारतीय सेनामा कार्यरत पिता यमबहादुर सेन र आमा भीमकुमारी सेनको जेठो सन्तानको रूपमा भारतको देहरादुनमा भएको हो । मातृ वात्सल्यबाट वञ्चित उनको वाल्यकाल दाङको भालुवाङमा बित्यो । उनको पुख्र्यौली घर भने प्युठानको साराङ्कोट भन्ने गाउँमा हो । अर्घाखाँचीको जलुके, सातमारा राप्ती नदीको किनारमा स्थायी घर भए पनि उनको अधिकांश समय घर बाहिर र जेल भित्र बितेको देखिन्छ ।

सानैदेखि भावुक, गम्भीर, संवेदनशील र कल्पनाशील इच्छुक गरिबी, अभाव र विपन्नताका काँडाहरूमाझ गुलाफ झै फुल्न वाध्य भए । वाल्य परिवेशमै इच्छुकले समाजमा ठूलाठालु, शोषक–फटाहा, धनीमानीका धाकधम्की र रवाफ साथै उनीहरूले गरिबमाथि गर्ने अन्याय, अत्याचार र शोषणलाई नजिकैबाट हेर्ने मौका पाए।

सानैदेखि भावुक, गम्भीर, संवेदनशील र कल्पनाशील इच्छुक गरिबी, अभाव र विपन्नताका काँडाहरूमाझ गुलाफ झै फुल्न वाध्य भए । वाल्य परिवेशमै इच्छुकले समाजमा ठूलाठालु, शोषक–फटाहा, धनीमानीका धाकधम्की र रवाफ साथै उनीहरूले गरिबमाथि गर्ने अन्याय, अत्याचार र शोषणलाई नजिकैबाट हेर्ने मौका पाए । जसले गर्दा उनको बालमस्तिष्कमा विद्रोह र न्यायको पक्षमा आवाज उठाउने चेतनाको जरा गाडिन पुग्यो ।

दाङको लालमटिया स्कुलमा पढ्दा नै उनको साहित्यिक चेतना तिख्खर भएर उम्रिसकेको थियो । २०३३ सालमा ‘मातृभूमि’ पत्रिकामा ‘भोलिप्रति’ कविता प्रकाशन भएपछि साहित्यिक यात्रामा उनी सार्वजनिक भए । २०३८ सालसम्म आइपुग्दा राजनीतिक र सामाजिक परिवेशले उनको चेतनास्तर र वैचारिक धरातल मलिलो भइसकेको थियो । ‘त्यो प्यारो प्यारो गाउँको नाम थवाङ हो’ शीर्षकको बेजोड कविता २०३८ सालमा ‘त्रिकोण’ मा प्रकाशित भएपछि प्रगतिवादी साहित्यिक फाँटमा इच्छुकलाई युग विद्रोहका गायक भनेर चिनिन थालियो । वास्तवविक नाम कृष्णबहादुर सेन भए पनि वर्गीय समानता चाहने सेनको इच्छा प्रगतिवादी साहित्यमा ‘इच्छुक’ भएर रूपान्तरित भएको देखिन्छ ।

बहुआयामिक व्यक्तित्व भएका इच्छुक कवि मात्रै होइनन्, साहित्य, पत्रकारिता र राजनीतिको त्रिकोणात्मक समिश्रण छ उनको जीवनमा । आफूलाई कलम बोक्ने चेतनाको सिपाही भन्न रुचाउने इच्छुकले ‘शोकाञ्जली’ शोककाव्य २०४८, ‘इतिहासको यस घडीमा’ कविता सङ्ग्रह २०५६, ‘बन्दी र चन्द्रागिरी’ लामो कविता २०५७, ‘पर्खालभित्रका बन्द आवाजहरू’ कविता सङ्ग्रह (अप्राप्य र अप्रकाशित), इच्छुक रचनावली भाग १ र २ गरि पाँच दर्जनभन्दा बढी फुटकर कविताहरू विभिन्न पत्र–पत्रिकामा बिस्कुन झैं छरिएर रहेका छन् । यसका अतिरिक्त उनले निबन्ध, कथा, पत्र–साहित्य, भूमिका, राजनीतिक–साँस्कृतिक, दार्शनिक लेख, अन्तरवार्ता र अनुवाद समेत गरेका छन् ।

साहित्यिक र साँस्कृतिक फाँटका अतिरिक्त उनी पत्रकारितामा पनि सक्रिय, क्रियाशील र चर्चित रहे । उनले ‘कलम’ त्रैमासिक, ‘जनादेश’ साप्ताहिक र ‘जनदिशा’ दैनिकको सम्पादक भएर काम गरे ।

साहित्यिक र साँस्कृतिक फाँटका अतिरिक्त उनी पत्रकारितामा पनि सक्रिय, क्रियाशील र चर्चित रहे । उनले ‘कलम’ त्रैमासिक, ‘जनादेश’ साप्ताहिक र ‘जनदिशा’ दैनिकको सम्पादक भएर काम गरे । साङ्गठनिक रूपमा इच्छुकले प्रगतिशील लेखक सङ्घको राष्ट्रिय पार्षद्, नेपाल पत्रकार महासङ्घको केन्द्रय सदस्य र अखिल नेपाल जनसाँस्कृतिक सङ्घको अध्यक्षमा रहेर आफ्नो विचारको वकालद गरे । अध्ययन संस्कृतिमा आफूलाई खरो र चर्को रूपमा स्थापित गरेका छन् इच्छुकले । औपचारिक शिक्षाको हकमा इच्छुकले वि.ए.को अध्ययन पूरा गरेका थिए भने जेल भित्रैबाट एम.ए.को परीक्षा दिन फारम भरे पनि तत्कालीन सरकारको निरङ्कुश शैलीले उनलाई एम.ए.को परीक्षा दिनबाट बञ्चित ग¥यो ।

इच्छुकको साहित्यिक क्रियाशिलताकै आधारमा उनलाई जीवित हुँदा र मृत्युपर्यन्त पनि विभिन्न पुरस्कारहरूबाट सम्मानित गरिएको छ । उनले प्राप्त गरेका पुरस्कार र मानसम्मानहरूमा यादव प्रतिभा पुरस्कार २०४८, साहित्य सन्ध्या परस्कार २०५७, स्रष्टा पुरस्कार २०५८, पारिजात सिर्जन पुरस्कार २०५९ , कृष्णमणि साहित्य पुरस्कार २०६०, लोकेन्द्र स्मृति पुरस्कार २०६०, मध्यपश्चिमाञ्चल सम्मान २०६० र प्रगतिशील लेखक सङ्घ सम्मान रहेका छन् । यसका अलवा नेकपा माओवादी केन्द्रका विभिन्न जनवर्गीय सङ्गठनहरूले उनको नाउँमा स्वागतद्वारका साथै साँस्कृतिक मोर्चाको नामाकरण गरेका छन् । उनकै नाममा इच्छुक साँस्कृतिक प्रतिष्ठान गठन भएको छ २०६८ सालमा । जसले साहित्य, कला र सङ्गीतका क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई हरेक वर्ष पुरस्कार दिने घोषणा गरेको छ । इच्छुक राज्यसत्ताको भाषा र भाकामा आतङ्कारी भए पनि वास्तवमा उनी साँस्कृतिक सहिद हुन ।

उनले शान्ति सुरक्षा ऐन अन्तर्गत ९/९ महिनामा पुर्जीहरू थपिदै २०४४ साल असार ३० गतेसम्म ५ वर्ष ३ महिना दाङ कारागारमा जेल जीवन बिताए । यतिले शासकको मन किन मान्थ्यो र ? फेरि २०४५ सालमा १ वर्ष जेल जीवनमा बस्न बाध्य पा¥यो तत्कालीन सरकारले।

कृष्ण सेन ‘इच्छुक’ शासक र सत्ताबाट सास्ती पाउने र कलम चलाएकै कारणबाट कारवासमा हत्कडी र नेल लाउने कवि तथा पत्रकार हुन । विद्यार्थीकाल मै पञ्चायती कालो शासनको दौरानमा वि.सं. २०३९ साल बैशाख ११ गते दाङको त्रिभुवन क्याम्पसबाट गिरफ्तार भए । उनले शान्ति सुरक्षा ऐन अन्तर्गत ९/९ महिनामा पुर्जीहरू थपिदै २०४४ साल असार ३० गतेसम्म ५ वर्ष ३ महिना दाङ कारागारमा जेल जीवन बिताए । यतिले शासकको मन किन मान्थ्यो र ? फेरि २०४५ सालमा १ वर्ष जेल जीवनमा बस्न बाध्य पा¥यो तत्कालीन सरकारले ।

लामो कारावासपछि उनी साहित्य सिर्जना, पत्रकारिता र राजनीतिमा क्रियाशील भइरहँदा आफूलाई प्रजातान्त्रिक व्यवस्थाको मसिहा ठान्ने सरकारले ‘भट्टेडाँडा प्रहरी चौकीमा साहसिक आक्रमण’ शीर्षकको समाचार लेखेछापे वापत २०५६ साल बैशाख ६ गते पक्राउ ग¥यो । उनलाई २०५७ चैत्र २ गतेसम्म बिना पूर्जी भद्रगोल जेल र पछि हातहतियार खरखजना सम्बन्धी मुद्धा लगाएर सिरहा हुँदै राजविराज कारागारमा राखियो ।

सङ्कटकालीन समयमा इच्छुक माथि रेर्डकर्नर नोटिस जारी र टाउकाको मूल्य घोषणा गरियो । पुनः २०५९ साल जेठ ६ गते सङ्कटकाल लागेको समयमा उनलाई काठमाडौंको वानेश्वरबाट गिरफ्तार गरेर महेन्द्र पुलिस क्लवको जुडो हलमा ८ दिनसम्म चरम यातना दिएर गोप्य सूचना लिन खोजियो । उनलाई प्रहरीका उच्च तहका अधिकारीले ‘दिस कन्ट्री विलोङ्स टु द किङ’ भन भनेर दवाव दिए, तर उनले ‘यो देश राजाको होइन जनताको हो’ निर्भीक र निर्धक्क भएर भने । इच्छुकलाई प्रहरीले चर्को यातना दिए तर उनी यातनाका अगाडि बाँचेर मर्न चाहेनन् , बरु मरेर बाँच्न चाहे । आत्मसमर्पण गरेर आस्थाको अपमान गर्न अस्विकार गरे । आफ्नो विचारको रक्षाको लागि जीवन बलिदान गर्न अग्रसर हुने बिरलै व्यक्तिका रुपमा उनी स्थापित छन् । उनी नेपाली समाजमा लेखे वापत नै शाहदत प्राप्त गर्ने व्यक्तिका रुपमा मिथ भएर बाँचिरहने छन् ।

सत्ताको भत्ता खानेका अगाडि युग विद्रोहहको गायक इच्छुकले स्वाभिमानी शिर झुकाउन तयार भएनन् । फलतः उनलाई २०५९ साल जेठ १३ गते प्रहरी हिरासतमै यातना दिँदा दिँदै दुईवटा गोली छातीमा ठोकेर मारियो र कीर्तिपुर चोभारको भीडन्तमा परेको प्रचारप्रसार गरेर पशुपतिमा खरानी बनाएर उनको भौतिक अस्तित्व समाप्त पारिएको देखिन्छ । आफै कलम लिएर कविता र समाचार लेख्ने इच्छुक स्वयम् समाचार बने । जनआस्थाले ‘कृष्ण सेन पशुपतिमा खरानी’ शीर्षकको समाचार बे्रक गरेपछि मात्रै उनको हत्याको खबरले सहरमा आगो लागेको थियो ।

एउटा कलम बोक्ने चेतनशील कवि र पत्रकारलाई शासक वर्गले एक दशकसम्म हत्कडी र नेलका साथ जेलभित्र राख्यो यद्यपि उनको विचार र चेतनालाई नत हत्कडीले छेक्यो न त जेलका पर्खालले नै । उनको भौतिक शरीरलाई थुने पनि आवाज र विचारलाई कैद गर्न सकेनन् । नेल र हत्कडी लाए पनि युग विद्रोहको गतिलाई रोक्न सकेनन् ।

एउटा कलम बोक्ने चेतनशील कवि र पत्रकारलाई शासक वर्गले एक दशकसम्म हत्कडी र नेलका साथ जेलभित्र राख्यो यद्यपि उनको विचार र चेतनालाई नत हत्कडीले छेक्यो न त जेलका पर्खालले नै । उनको भौतिक शरीरलाई थुने पनि आवाज र विचारलाई कैद गर्न सकेनन् । नेल र हत्कडी लाए पनि युग विद्रोहको गतिलाई रोक्न सकेनन् । असफल र हतास मानसिकताका हिमायतीले इच्छुकलाई गलाउन सकेनन् । उनी त झन् आगो जस्तै भरभराउँदा शब्दहरू खोजेर देशकै रातो र तातो शब्दचित्र उर्तान लागि परे । विचार र चिन्तनलाई पर्खालभित्र कैद गर्न सकिँदैन भन्ने जबरजस्त सन्देश इच्छुकले आफ्ना सिर्जना मार्फत् शासकहरूलाई दिए । एउटा शब्दकर्मीसँग शासक नै हार खाएपछि उनकै कवितालाई पाठ्यपुस्तकमा राखेर हजारौं विद्यार्थीहरूलाई अनिवार्य पठनको व्यवस्था मिलाएको छ ।

इच्छुकको व्यक्तित्व अत्यन्तै भद्र र शालिन थियो । व्यक्तिवादी चेतना, निजी स्वार्थ, व्यक्तिमुखी प्रवृत्तिका विरोधी उनी सामूहिकता र सामाजिकताका पक्षपाती थिए । उनी साह्रै सरल, सहज, मिलनसार, नम्र, मृदुभाषी, निश्छल–निष्कपट, सबैसँग घुलमिल हुन सक्ने, सबैका हितैषी र सहयात्री, लोकप्रिय, आदर्शका नायक थिए । समग्रमा उनी अथक योद्धा, दृढ क्रान्तिकारी स्रष्टा र युग विद्रोहका गायक थिए ।

‘हामी रुँदा रुँदै हाँसेका छौं र हाँस्दा हाँस्दै रोएका छौं’ यो सारगर्वित हरफ कवि कृष्ण सेन ‘इच्छुक’ को हो । तर प्रचण्डपथीय सारथीहरूले यस्तो काव्यिक अभिव्यक्ति क.प्रचण्डको महावाणी बनाएर उनको सिर्जनाको अपमान गरेका छन् । धमिराले हजारौं किताब मात्रै होइन लडेका रुखहरूमा दरबार बनाउन सक्छ, छेपाराले घामसँगै आफ्नो रङ र रुप परिवर्तन गर्छ, अवसरवादीहरूका सुनौला अवसरहरूलाई इच्छुकले नजिकबाटै नियाल्ने मौका पाएका थिए । विचारप्रतिको निरन्तर प्रतिवद्धता र सक्रियताले नै उनलाई इच्छुक बनाएको हो । विचार र व्यवहारको सन्तुलनले नै सबै पुस्ताका लागि उनी अनुकरणीय र अनुशरणीय बन्न पुगेका हुन् ।

कवि इच्छुकको जीवन वस्तुत : शब्द र कर्मको तालमेलमा रमाएको भेटिन्छ । विचार र व्यवहारलाई दुवै काँधमा बाकेर हिड्ने इच्छुक जनताका आँखाका नानी हुन् । साहित्य र पत्रकारिता मार्फत् उज्यालोको आमत्रन्त्रण गर्ने कलमजीवी हुन् ।

कृष्ण सेन ‘इच्छुक’ को हत्या भएको दिन जन्मेको बालक पनि यतिबेला १६ वर्षे तन्तरी भइसकेको छ । इच्छुकले पौडी खेलको भालुवाङनिरको राप्ती नदीमा धेरै पानी बगिसकेको छ भने बाग्मतीमा धेरै फोहर अल्झिरहेको छ । राजतन्त्र दरीमुनी धुलोको कणमा रुपान्तरण भइसक्दा गणतान्त्रिक चेतना नेपाली जनको मनमा फक्रिसकेको छ । सिंहदरबारको अधिकार गाउँका आँगनसम्म पुगिसक्दा इच्छुकको इच्छा र सपनाले मूर्त रुप लिदैं छ । इच्छुकलाई हाम्रो हो भन्ने महाशयहरूले एक दिनको फुर्सद निकालेर उनका रचनाहरू पढे मात्रै पनि विचारलाई व्यवहारमा अनुवाद गर्ने काइदा सिकेर फाइदा हुने थियो । झण्डालाई धजा बनाउनेहरूले जनताको इच्छा र चाहनालाई बुझ्नका निम्ति इच्छुकका रचना हेर्ने हो भने आफ्नो अनुहार र मुहार कस्तो छ भन्ने यथार्थको बोध हुन्छ ।

कवि इच्छुकको जीवन वस्तुत : शब्द र कर्मको तालमेलमा रमाएको भेटिन्छ । विचार र व्यवहारलाई दुवै काँधमा बाकेर हिड्ने इच्छुक जनताका आँखाका नानी हुन् । साहित्य र पत्रकारिता मार्फत् उज्यालोको आमत्रन्त्रण गर्ने कलमजीवी हुन् । उनी कहिल्यै जीवनमा झुक्न, गल्न र हार्न जानेनन् । त्यसैले त इच्छुक मरेर पनि बाँचिरहेका छन्, आस्थाको सर्वोच्च देउरालीमा । सलाम, युग विद्रोहका गायक कवि कृष्ण सेन ‘इच्छुक’ लाई । विचारको यात्रामा हिड्ने यात्रीहरूले तिमीले सुसेल्ने गीत गाइरहून ।

‘तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडन सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
ए तानाशाहहरू
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौं ।’ –इच्छुक

from parichaya.com

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation