नागरिक अभियान प्यूठान द्वारा भ्रष्टाचार विरुद्ध सडक संघर्ष कार्यक्रम

जेठ १५,प्यूठान।प्यूठानको प्यूठान नगरपालिका ४ अन्तरगत रहेको मुख्य व्यापारिक केन्द्र बिजुवार बजार मित्रमणी चोकमा “समृद्धिका लागि परिवर्तन,परिवर्तनका लागि शुरूवात,शुरूवातका लागि म ” ‘समुन्नत रास्ट्र निर्माण हामी सबैको दायित्व’ मुल नाराका साथ नागरिक अभियान प्यूठान द्वारा आयोजित भ्रस्टाचार र विकृति विरुद्ध सडक संघर्ष कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम जुम्री देखि विजुवार मित्रमणी चोक सम्म नागरिक हरुले प्लेकार्ड बोकि र्‍याली लगाउदै आएका थिए ।बिजुवारमा सडक कविता बाचन सँगै कार्यक्रम सम्पन्न भएको छ ।

फाईल(तस्बिर): जीवन खनाल

सोही विरोध कार्यक्रममा भ्रस्ट हरुलाई कारबाही गर ,जागौ ढिला भैसक्यो भ्रस्टले देश खाइसक्यो,विकृति र बेथिति विरुद्ध सम्पूर्ण नागरिक एक हौ लेखिएका प्लेकार्ड सहित र्‍याली लगाईएको छ ।

गणतन्त्र दिवसको अवसर पारी सम्पूर्ण नागरिकहरुको उपस्थितिमा सोही कार्यक्रम गरिएको हो । सडक संघर्ष कार्यक्रममा आउनुभएका नागरिक रामप्रसाद पोख्रेलको अध्यक्षतामा उक्त कार्यक्रम संचालन भएको हो । ठुला ओहडाका नेताहरुले अपराधी,भ्रस्टाचारी जोगाउने खेल भएको र जनतालाई सास्ती भैरहेको विषयलाई लिएर सम्पुर्ण नागरिकहरुलाई गणतन्त्रको महसुस र नेताहरुलाई खबरदारी गर्ने उद्देश्यका साथ सोही कार्यक्रम गरिएको नागरिक अभियान प्यूठानका अध्यक्ष सुमन सुवेदिले हामिलाई बताए ।
उक्त सडक संघर्ष कार्यक्रममा विभिन्न निकायका समाजसेवी एवं नागरिकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण अध्यक्ष सुवेदीले नै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation