रुन्टीगढी गाउँपालिकाकाे ६१ कराेड ५७ लाख बजेट, के छन् नयाँ कार्यक्रम ?

होलेरी । राेल्पाकाे रुन्टीगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक गरेको छ । “सुखी र समृद्धी, अबको रुन्टीगढी” भन्ने मुल नाराको साथ नीति तथा कार्यक्रम पारित गरेपछि १४ औ गाउँ सभाको दोस्रो बैठकले बजेट सार्वजनिक गरेको हो । आइतबार गाउँपालिका सभाहलमा बसेको बैठकले उक्त बजेट सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०८०।८१ को गाउँपालिका प्रशासनिक तथा चालु खर्च तर्फ रु ११ करोड ०३ लाख ६४ हजार, वडा कार्यालयको चालु तर्फ रु १ करोड ७४ लाख ७५ हजार, विषयगत शाखा चालु तर्फ रु ३ करोड ०३ लाख, सामाजिक सुरक्षा तर्फ ८ करोड, प्रदेशरस्थानीय क्षमता विकास तर्फ रु ४ लाख, र संघसस्था कार्यक्रम तर्फ रु ९ लाख ८८ हजार ५ सय ५१ रुपैया, संघिय शसर्त अनुदान चालु २३ करोड २५ लाख, प्रदेश शसर्त अनुदान ६ लाख पचास हजार गरी कुल चालु तर्फ ४७ करोड २६ लाख ७७ हजार ५ सय ५१ रुपैया बजेट सर्वजनिक भएको छ ।

त्यसैगरी गाउँपालिकाको पुँजीगत तर्फ रु २ करोड ६९ लाख ३३ हजार ४ सय ४९ रुपैया, वडा कार्यालय पुजीगत तर्फ रु ५ करोड ७५ लाख ८९ हजार, संघिय शसर्त पुजीगत अनुदान रु ८० लाख, संघीय समपुरक अनुदान तर्फ रु १ करोड, संघीय विशेष अनुदान तर्फ रु ७० लाख, प्रदेश शसर्त अनुदान रु ७५ लाख, प्रदेश समपुरक अनुदानमा रु २ करोड र समपुरक कोषमा रु ६० लाख कुल पुजीगत व्यय रकम रु १४ करोड ३० लाख २२ हजार ४ सय ४९ रुपैया बजेट विनियोति भएको छ । यसरी चालु र पुँजीगत गरी कुल ६१ करोड ५७ लाख रुपैया बिनियोजित बजेट सार्वजनिक भएको छ ।

यसरी सार्वजनिक गरिएको बजेट छलफल पछि असार १८ गतेको तेस्रो १४ औ गाउँसभाबाट पास हुने भएको छ । तेस्रो गाउँसभा बैठक असार १८ गते निर्णय गरिएको छ । सिस्ने अनलाइनकाे सहयाेगमा…

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation