बाँसगजेगरीमा सुनौलो हजार दिनका आमाहरु तथा सरकारवालाहरुसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न


बिजय रोका
बासँगजेरी । बाँसगजेरीमा सुनौलो हजार दिनका आमाहरु तथा सरकारवालाहरुसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका ११ बाँसगजेरीमा शुक्रबार महिनाब्यापी जनचेतना अभियान अन्तर्गत सुनौलो हजार दिनका आमाहरू तथा सरोकारवालाहरुसँगको विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
घोराही उपमहानगरपालिका ११ का वडाध्यक्ष कुल बहादुर लामिछानेको अध्यक्षता एवं घोराही नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपस्थित सबैलाई मास्क, एक–एक प्याकेट आयोडिन नुन, चिया बिस्कुट र चार जना सुत्केरी महिलाहरुलाई पौष्टिक आहारका निम्ती हरियो साग, गाजर, दाल र एक–एक क्यारेट अण्डा हस्तान्तरण गर्दै नगर प्रमुख चौधरीले मानव जीवनमा आयोडिनको महत्व र आयोडिनको कमीबाट आउने समस्याका बारेमा जानकारी दिए ।
साल्ट ट्रेडिङ कार्पोरेशन लिमिटेड दाङ, सुहारा र घोराही उपमहानगर स्वास्थ्य साखा दाङको आयोजनामा भएको कार्यक्रममा उपस्थित घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद घर्ती, साल्ट ट्रेडिङ कार्पोरेसन लिमिटेड दाङका प्रमुख आनन्द कुमार न्यौपाने र बिष्णु चौधरीले आयोडिन नुनको कमीले मानव स्वास्थ्यमा पर्ने प्रभावका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation