सरस्वती माविलाई शाइन रेसुङ्गाकाे डिजिटल उपकरण उपहार (फाेटाे फिचरसहित) 

सरस्वती माविलाई शाइन रेसुङ्गाकाे डिजिटल उपकरण उपहार वित्तीय मुनाफा आर्जनकाे अलावा विपन्न समुदायको आर्थिक एवं सामाजिक सहयोगकाे हिसाबले विकास बैंकहरुकाे सुचिमा शाइन रेसुङ्गा बैंकले केहि न केही नयाँ समाजसेवाका कार्यक्रमहरु गरिरहेकाे हुन्छ । स्थापनाकाे छाेटाे अवधिमा वित्तीय बजारमा राम्रो पहिचान बनाउन सफल यस बैंकले आफ्नाे सामाजिक उत्तरदायित्व अन्तर्गतकाे सहयोग काेषमार्फत विभिन्न सामाजिक क्षेत्रमा लगानीका कार्यक्रमहरु गरिरहेकाे छ ।

यसै सिलसिलामा उक्त बैंकले दाङकाे घाेराहीमा रहेकाे सरस्वती माध्यमिक विद्यालयलाई इलेक्ट्रोनिक उपकरणहरु प्रदान गरेकाे छ । गत फागुनमा पनि साे बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नारायणपुर स्थिति मानव सेवा आश्रम घाेराही दाङमा खाद्यान्न, लत्ताकपडा तथा सरसफाइ सामाग्रीहरु हस्तान्तरण गरेकाे थियाे ।

बुधबार साेही विद्यालयमा एक भव्य कार्यक्रमकाे आयाेजना गरी बैंकले साे विद्यालयलाई १ थान प्राेजेक्टर, कम्प्युटर, प्रिन्टर लगायतका सामग्रीहरु हस्तान्तरण गरेकाे हाे ।


घाेराहीकाे मुटुमा रहेर पनि सराेकारवालाहरुकाे छाँयामा परेकाे साे सामुदायिक विद्यालयकाे समग्र उन्नतिकाे कामना गर्दै विद्युतिय उपकरणमा पनि सहज पहुँच पुगाेस भन्ने हेतुले उक्त उपकरणहरु प्रदान गरिएको साइन रेसुङगा डेभलपमेन्ट बैंक दाङका कलस्टर प्रमुख मेघराज पाेख्रेलले बताए । उनले दाङका करिब २ सय २० बढी विद्यालयहरुकाे समग्र स्थिति हेरेर साे विद्यालयलाई सहयाेगका लागि छनाैट गरिएको र साे सहयाेग गर्न पाउँदा आफू तथा बैंक परिवार निकै हर्षित भएको बताए ।

समाजकाे उचित विकास, दिनदुखीकाे उत्थान र मानव कल्याणकाे लागि हरेक वित्तीय संस्थाहरुले पहलकदमी लिनुपर्ने संस्थागत दायित्व अन्तरगत साे डिजिटल उपकरण सहयाेग गरिएकाे उनले बताए । वित्तीय साक्षरता र सुरक्षित बैङकिङ उपयाेगकाे विषयमा प्रकाश पार्दै पाेख्रेलले आगामी दिनहरुमा पनि समुदायसँग हातेमालो गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

 

विद्यालयका प्रधानाध्यापक बसन्ता पाैडेलले शाइन रेसुङ्गाकाे सहयाेगले आफुहरुलाई नयाँ ढंगले कार्यसम्पादन र अध्यापन गर्न प्रेरणा प्रदान गरेकाे अनुभूति सुनाउँदै बैंक प्रति कृतज्ञता ज्ञापन गरिन् ।

निम्न मध्यम वर्गीय समुदायका विद्यार्थीले अध्ययन गर्ने साे विद्यालयमा शाइन रेसुङ्गाकाे सहयाेगले विद्यालकाे प्रविधिकाे विकासमा टेवा पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठले बताए । उनले निमुखाहरुकाे पक्षमा काम गर्ने वित्तीय संस्थाहरुकाे सुचिमा शाइन रेसुङगा विकास बैंककाे नाम सर्बदा अग्रणी स्थानमा रहिरहाेस् भन्ने कामना व्यक्त गर्दै साे सहयाेगले विद्यालय व्यवस्थापन समिति, कर्मचारी तथा आम विद्यार्थीमा पनि खुसियाली थपेकाे बताए ।

त्यस्तै घाेराही उपमहानगरपालिका १५ का वडा अध्यक्ष रमेश पाण्डेले पछाडि परेका उत्पीडित तथा सहाराविहिनहरुकाे लागि वास्तविक सहयाेग हुने उदेश्यले बैंकले समाजकाे विकास, उत्थान र मानव कल्याणकाे लागि साे सहयाेग काेसेढुङ्गा हुने बताउँदै बैंक परिवारलाई धन्यवाद ज्ञापन गरे ।

पत्रकार पदम प्रसाद पाेख्रेले वित्तीय क्षेत्रमा देखिएका विकृति विसङगतीबाट सचेत रहँदै निरन्तर मानवीय सहयाेगमा लाग्न सुझाव व्यक्त गरे । उनले आजकाे समाजमा असल मानवीय सहयाेग, सद्भाव र सहअस्तित्वकाे चरम संकट खट्किएकाे अवस्थामा बैंकले गरेकाे साे कार्य निकै दुरगामी प्रभावकाे रहने हुनाले साे प्रकारका अन्य सामाजिक तथा आर्थिक क्रियाकलापकाे निरन्तरताकाे खाँचाे रहेकाे बताए ।

कार्यक्रममा शाइन रेसुङ्गा बैंक तुलसीपुर शाखा प्रमुख दिपेन्द्र थापाले स्वागत मन्तव्य राखेका थिए भने घाेराही शाखा प्रमुख गणेश बुढाथोकीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation