गुडिरहेको बसमा करेन्ट लाग्दा बाबुछाेराकाे मृत्यु, एक गम्भीर घाइते

कपुरकोट ३ चोरखोला नजिककै गुडिरहेको बसमा बिजुलीको तार छोएर करेन्ट लाग्दा २ जना बावुछोराको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको यात्रुवाहक बस बिद्युतकाे खम्बालाई सपाेर्टका लागि जमिनमा गाडिएको तारमा छाेइएर करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे ।

साे दुर्घटनामा रोल्पाको गंगादेव गाउँपालिका दलसिंगेका अन्दाजि ७० वर्षका बालराम डाँगी र उनका छाेरा अन्दाजी ४० वर्षीय  टोपलाल डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गाेपाल श्रेष्ठले जानकारी दिएका छन् । घाइते हुनेमा सल्यान छत्रेश्वरी ६ का अन्दाजी ३३ वर्षीय महेन्द्र वली रहेकाे र उनकाे कपुरकाेटकाे स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी प्रवक्ताले बताए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation