दासढुङ्गामा यात्रुवाहक बस खस्याे !

काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस  दासढुंगामा दुर्घटना, १९ जना घाइते

चितवनको दासढुङगा नजिकै यात्रुबाहक बस अनियन्त्रित भएर सडकबाट खस्दा १९ जना यात्रु घाइते भएका छन् । शुक्रबार विहान  करिब ५ बजेतिर कांकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आँफै अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसी रुखमा अड्किँएकाे थियाे ।

बसमा सवार चालकसहित ४० जनामध्ये १९ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ। घाइतेहरुकाे पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यलयबाट २५ जनाको उद्धार सहितको टोली खटीएको छ । अहिले बस घटनास्थलमै  छ। रुखले गर्दा ठुलो क्षती हुन नपाएकाे प्रहरीकाे भनाइ छ ।

घाइते हुनेहरुमा भारत सिलगुडी बस्ने वर्ष ६० की कमला सुब्बा,भारत सिलगुडी बस्ने वर्ष ४४ की लक्की सुब्बा,मोरङ हरैचा नगरपालिका ३ बस्ने वर्ष २३ को सुसान्त सुब्बा,हरैचा ८ बस्ने वर्ष ३४ की सुनिता लामीछाने,सुनसरी बस्ने वर्ष ४० की संगिता मगर,झापा मेची नगरपालिका ११ बस्ने वर्ष ३२ की सुमिमा राई भक्तपुर महानगरपालिका १ बस्ने वर्ष ३० को मिलन तामाङ,
ललितपुर गोदावरी नगरपालिका ७ बस्ने वर्ष २७ का सुमन  लामा,भोजपुर अरुण गाउँपालिका १ बस्ने वर्ष २९ का नन्द बहादुर पाण्डे, वर्ष १९ को लिला बहादुर पाण्डेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको  छ ।

त्यस्तै सहचालक सर्लाही लालबन्दी नगरपालिका १० बस्ने वर्ष ३६ का बिक्रम मगर,कन्टेक्टर धादिङ निकण्ठ ७ बस्ने वर्ष ३६ को दिल बहादुर श्रेष्ठ,बसमा सवार सुनसरी रक्तमाला नगरपालिका ५ बस्ने वर्ष २९ की मनिका राई, बसमा सवार मोरङ हरैचा नगरपालिका ५ बस्ने वर्ष २५ की कल्पना राई, वर्ष २५ की सपना राई, धनकुटा सहिदभुमी गाउँपालिका ४ बस्ने वर्ष ३८ की विश्वलक्ष्मी राई,निजकै छोरी वर्ष चारकी  दिब्या राई,बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका २ बस्ने वर्ष ३७ का बादल कुमारको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

घाइते धादिङ रुबीभ्यालीका ३२ वर्षीय दीपक तामाङलाई भने काठमाडौं पठाइएको छ । घाइते सबैको अवस्था गम्भीर नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation