Pranmancha

Advertisment

SKIP THIS

भारतले धौलीगंगाको बाँध खोल्दा नेपालमा बाढीको त्रास, तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

भारतले उत्तराखण्ड प्रदेश अन्तर्गत पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका फेरि खोलेको छ । शनिबार बिहान ५ बजेदेखि ८ बजेसम्मको लागि बाँधका ढोकाहरु खोलेको हो ।

भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई यसअघि नै जानकारी दिएको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न प्रशासनले आग्रह गरेको छ ।भारतले यसअघि गएको असार २६ गते बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधका ढोका खोलेको थियो । भारतले वर्षाको समयमा बेलाबेला बाँधका ढोका खोल्दै आएको छ ।

रातिबाटै वर्षा भइरहेको बेला भारतले बाँधको समेत ढोका खोल्दा तटीय क्षेत्रमा जोखिम बढेको छ । असार २६ गते खोलिएको बाँधले दार्चुलाको पारिपट्टि भारतीय क्षेत्र धार्चुलामा एक घर बाढीले बगाएको थियो । यस्तै २०७० सालमा भारतले कुनै जानकारी नदिई बाँधका ढोका खोल्दा नेपालतिर ठूलो क्षति भएको थियो ।  नयाँपत्रिका

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation