


१२ श्रावण,प्यूठान।अखिल क्रान्तिकारी प्यूठानले प्रधानमन्त्रीलाई हस्ताक्षर पठाएको छ।अखिल क्रान्तिकारी प्यूठानले जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी मदन कोईराला मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौंमा हस्ताक्षर पठाएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम बहादुर विश्वकर्माले बताउनुभयो।बिहिबार र शुक्रबारमात्र सरकारले गरेको राम्रो कामको ऎक्यबद्धता जनाउँदै प्यूठानका नागरिकहरुले करिब २ हजार ३ सय ३५ बढी हस्ताक्षर गरेका थिए।
सोही हस्ताक्षर प्रधानमन्त्रीलाई पठाउनका लागि अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमबहादुर विश्वकर्मा,उपाध्यक्ष ताराबहादुर घर्ती’आभास’,प्रदेश समिती सदस्य खिमलाल न्यौपाने र जिल्ला सदस्य नरेश पुनको उपस्थितमा शुक्रवार प्रमुख जिल्ला अधिकारीलाई चिठी सहित हस्ताक्षर बुझाएको हो।
संगठन विस्तार,शैक्षिक आन्दोलन,विद्यार्थीका हक अधिकार स्थापित,नागरिक अधिकारका पक्षहरु लगायत सुशासनको पक्षमा जिल्ला समिती प्यूठान सशक्त कार्ययोजनासहित अगाडि बढेको बताउँदै अध्यक्ष विश्वकर्माले प्रचण्ड नेतृत्वको सरकारले गरेको भ्रस्ट्राचार विरुद्धको अभियानमा ३ तहकै सरकार एवम् नागरिकहरुले साथ दिएमा भ्रष्ट्राचार मुक्त रास्ट्र निर्माण हुन सक्ने बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रस्ट्राचार विरुद्ध चालेको कदमप्रती समर्थन जनाउँदै अखिल क्रान्तिकारी प्यूठानको आयोजनामा बिहिवार र शुक्रवार प्यूठानमा बृहत नागरिक हस्ताक्षर अभियान सन्चालन गरिएको थियो।
हस्ताक्षरहरु हेर्नुहोस: