क्रान्ति संग्रहालयलाई अनुसन्धानको नयाँ केन्द्र बनाइने छ- “मास्की”

नेकपा माओवादी केन्द्रका पाेलिटब्युराे सदस्य तथा लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले तुलसीपुर उपमहानगरपालिका १९ सक्रममा भग्नावशेषकाे रुपमा रहेकाे क्रान्ति संग्राहलयलाई नयाँ खाेज र अनुसन्धानकाे केन्द्र बनाइने बताएका छन् ।

शनिबार संग्राहलयकाे भाैतिक अवलोकनमा निस्किएको अर्थमन्त्रीसहितकाे टाेलीलाई क्रान्ति संग्राहलय व्यवस्थापन समितिद्वारा आयाेजित स्वागत कार्यक्रममा बाेल्दै मास्कीले दस वर्षे जनयुद्ध र त्यस लडाइँमा सरिक जनमुक्ति सेनाले थप ६ वर्ष क्यान्टोनमेन्टमा गरेकाे सङघर्ष नेपालकाे आमूल परिवर्तनको दिशामा साक्षात इतिहास भएकोले कसैले पनि इतिहासकाे हुर्मत लिननहुने बताएका छन् ।

उनले दश वर्षे जनयुद्धकाे जगमा जनमुक्ति सेनाकाे त्याग, तपस्या र बलिदान अद्वितीय रहेकाे स्मरण गर्दै त्यसकाे जगमा आएकाे परिवर्तनलाई संस्थागत गर्न सबै एकढिक्का हुनुपर्नेमा जाेड दिए ।

 

अर्थमन्त्रीले यस वर्षकाे नीति कार्यक्रममा क्रान्ति संग्राहलयलाई स्याहार केन्द्रकाे रुपमा विकास गर्न २ कराेड बजेट विनियोजन गरिएको र उक्त बजेटले यहाँको पूर्वाधार विकास तथा जनयुद्धका कैयौं झझल्को दिनेगरी काम गरिने र जनयुद्ध तथा जनआन्दोलनका सहिद, व्यपत्ता तथा घाइते याेद्धाका परिवारलाई बसाेबासकाे व्यवस्था मिलाउने बताए । अर्को एक प्रसंगमा अर्थमन्त्री मास्कीले ग्वार खाेलाकाे सिरानमा ठुलाे ड्याम बाँधेर जलाशय निर्माण गरि पश्चिम दाङका उर्वर भूमिलाई सिंचाइकाे दायरामा ल्याउने ठुलाे महत्वकांक्षी याेजना अगाडि बढाइएको बताए ।

साे कार्यकाे लागि याे आर्थिक वर्षमा डिपिआरकाे लागि बेजेटिङ गरेकाे बताउँदै सक्रामकाे क्रान्ति संग्राहलयलाई व्यवस्थापन, सम्बर्द्धन गरेर संसारभरका अध्यताहरुले खाेज गर्न मिल्नगरी युद्ध नगरीकाे रुपमा विकास गर्न आफू हरदम तयार रहेकाे जिकिर गरे । मास्कीले क्रान्ति संग्राहलय व्यवस्थापन खासगरी सेना समायाेजनपछि अलपत्र पर्नुमा माओवादीकाे दाेष भएकाे स्विकार्दै यसबारे प्रधानमन्त्री प्रचण्डसामु गम्भीर छलफल गर्दा प्रचण्डले पनि सक्रामलाई देशकाे १ नम्बर युद्ध संग्रालय बनाउन आफुले सबै पहल गर्ने आश्वासन दिएकाे बताए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) दाङका अध्यक्ष एवम् बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन ´सुवास`ले तत्कालीन जनयुद्धको समापनसँगै जनमुक्ति सेना ब्यारेकमा बस्ने शान्ति प्रक्रियाको मर्मबमाेजिम सुरुमा स्याउलाका टहराहरु निर्माण गरेर जनमुक्ति सेना बसेकाे र क्रमस बाटाेघाटाे तथा अन्य विकास प्रक्रियालाई अगाडि बढाइएकाे बताए । उनले
इतिहासकाे संरक्षण गर्नु सबैकाे दायित्व भएकाेले कसैकाे बिराेध हुन नहुने बताउँदै इतिहास कसैगरी पनि मेटिने वा फेरबदल नहुने हुनाले यसकाे विकास र उनन्वयमा सबैकाे पहलकदमी अनिवार्य रहेकाे बताए ।

 


आफू सक्राम ब्यारेक निर्माणकाे मुख्य पहलकर्तामध्य एक रहेको बताउँदै भने, “माओेवादीकाे भिषण जनयुद्ध नभएको भए अहिलेकाे परिवर्तन केनैपनि हालतमा सम्भव थिएन त्यसैले सबैकाे साझा पहलमा यसलाई नमुना बनाएर माओवादी जनयुद्ध र जनमुक्ति सेनाकाे विषयमा खाेज अनुसन्धानकाे थलाेकाे रुपमा विकास गर्दै आगामी पुस्तालाई इतिहासकाे पुनर्ताजगी गराउनुपर्ने छ र सुन्दर पर्यटकीय नगरीकाे रुपमा विकास गर्नुपर्ने छ ।”

करिब २२ सय हाराहारीमा जनमुक्ति सेना बसेकाे याे ब्यारेक सेना समायोजन/ स्वैच्छिक अवकाश भएसँगै यतिबेला पूर्णरूपले भग्नावशेष कै रुपमा छ । यसकाे सम्बर्द्धन र विकास नभएसम्म जनयुद्ध र सहिद परिवारलाई पनि ठुलाे अन्याय हुने स्थानीयहरु बताउछन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघ विजाैरीका अध्यक्ष, क्रान्ति संग्रहलय व्यवस्थापन समितिका अध्यक्ष, तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्ष एवम् उपस्थिति सम्पूर्ण सराेकारवालाहरुले क्रान्ति संग्राहलयकाे दिगो विकास र उनन्वयमा आफुहरु हर प्रकारकाे सहयाेग गर्न तयार रहेकाे प्रतिबद्धता जाहेर गरे । अनुगमन कार्यक्रममा अन्य राजनीतिक दलका प्रतिनिधि, स्थानीय,समाजसेवी, पत्रकार लगायतको भव्य उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation