वडाबाटै भत्ता बुझ्दा दंग छन् लाभग्राही

सल्यान, साउन १७

सल्यानको कुमाख गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लाभग्राहीको घर आँगनबाट प्रदान गरिरहेको छ।
बर्षायाममा भौगोलिक विकटता र सामाजिक सुरक्षा लाभग्राहिको समस्यालाई मध्यनजर गरी वडा स्तरमा शिविर चलाएको हो ।

हिमालयन बैंक रागेचौर र मुक्थिनाथ बिकास बैंक थारमारे संग समन्वय गरी कुमाख गाउँपालिकाको गत आवको चौथों त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वडाबाट वितरण गरिरहेको एमआइएस अपरेटर मेघराज रावतले जानकारी दिएका छन ।

श्रावण १४ गते वडा नं. ६ बाट शुरु भएको शिविर २१ गते वडा नं. ७ मा पुगेर सकिने छ। शिविरबाट वडा नं. ६ मा २ सय जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ भने ५ नं वडा मा २ सय ४४ जनालाई सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ । मंगलबार वडा नं. ४ बाट २ सय १३जनाले सुविधा लिएका छन ।
बुधबार एकैदिन वडा नं. ३ का बासिन्दाले विहान गुरुदासे र दिउसो वडा कार्यालयबाट यो सेवा लिनेछन । श्रावण १८ गते २ नम्बर, १९ गते १ नम्बर वडामा हुने शिविर २१ गते ७ नम्बर वडामा पुगेर सकिनेछ ।

 

अन्य वडामा हिमालयन बैंक रागेचौरले सेवा दिइरहेको र वडा नं ७ मा मुक्थिनाथ बिकास बैंक थारमारेले सेवा दिनेछ । सहजताका लागि ७ नं. वडाका बासिन्दाले थारमारेकाे मुक्तिनाथ विकास बैकमा बैक खाता संचालन गरेका छन भने अन्य वडाले रागेचाैरको हिमालयन बैंकमा खाता संचालन गरेका छन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation