दोलखामा पहिरो : १५ महिने शिशुको मृत्यु, ३ जना बेपत्ता

गएराति ९ बजेतिर वस्तीभन्दा करिब ४०० मिटर माथिबाट पहिरो खसेको थियो । सो पहिरोमा परी गौरीशंकर गाउँपालिका–७ का टोपबहादुर थामीका १५ महिनाको छोरा प्रिन्स थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पहिरोमा परी गौरिशंकर गाउँपालिका ७ का ४९ वर्षीय हरिलाल श्रेष्ठ, सोही ठाउँका ६० वर्षीय कृष्ण बहादुर मगर र ५० वर्षीया देवीमाया मगर बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation