एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक स्थगित

बैठक सुरु भए लगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।

त्यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद दिलकुमारी रावल थापालाई बोल्न समय दिए । उनले आफूहरुले चाहेर नभइ बाध्यताले संसद अवरोध गर्नु परेको बताइन् ।

उनले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दावा छिरिङ शेर्पाको नागरिकता बारे पनि प्रश्न उठेको बताइन् ।

उनले भेपमा सुन तस्करीमा माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको पनि संलग्नता रहेको प्रमाणसहितको प्रतिवेदन सीआईबीले तयार पारेको तर सरकारले उनीहरुलाई जोगाइरहेको आरोप लगाइन् ।

सरकारमा रहेका दलका मान्छे पनि तस्करीमा संलग्न रहेको आरोप लगाउँदै उनले सरकारले गर्ने छानबिनबाट सुन तस्करीको सत्यतथ्य आउन नसक्ने भएकाले विषेश छानबिन समिति गठन गर्नु पर्ने माग आफूहरुले राखेको बताइन् ।

उनले बोलेपछि पनि एमाले सांसदहरुले उठेर विरोध जारी राखेकाले अध्यक्षले बैठक साउन २४ गते बुधबार दिनको १:०१ बजेसम्मका लागि स्थगित गरे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation