विभागको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबार साँझ ५ बजेदेखि अर्को सूचना नभएसम्म सेवा अवरुद्ध भएको विभागले जनाएको छ ।
विभागका अुनसार एफईआईएमएस प्रणालीमा फाइनल अपलोड नहुने भएको हो । यसो हुँदा अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन मिल्दैन । यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने भएको छ।