उनले भोलि शुक्रबार सभामुखलाई समेत भेट्ने तय भएको छ । सुन तस्करीबारे उच्चस्तरीय छानबिन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ । (onlinekhabar)
भेटमा राष्ट्रपति पौडेलले संघीय शिक्षा ऐनबारे समेत चासो राखेका थिए । विधेयक विवादित भएको भन्दै उनले यसलाई सर्वस्वीकार्य बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको शीतल निवास स्रोतले बताएको छ ।
साथै संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम आफ्नै कार्यकालमा टुंग्याउन समेत प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको शीतल निवास स्रोतले जनाएको छ ।