विगत केही समयदेखि स्थानीय विद्यालयका शिक्षक तथा व्यवसायीहरुलाई नेकपा बहुमत पार्टीका नाममा चन्दा माग्ने गिरोहलाई इलाका प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएको छ । दाङ तुलसीपुर उपमहाजगरपाकिा वडा नं ९ बेलुबाबाट बुधबार राति दुइ जनालाई पक्राउ गरी कानूनी कारवाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पश्चिम दाङका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक स्टाफलाई तोक्का रुपमा ५ देखि १० लाख रकम चन्दा नदिएको खण्डमा जे पनि हुनसक्ने बन्दै धम्क्याउने र नेकपा बहुमतको लेटरप्याड तथा नगदी रसिदसमेत दुरुपयोग गर्ने सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. १ दमाचौर बस्ने बर्ष २९ को चन्द्र प्रकाश बि.क. र सल्यानकै त्रिवेणी गाउँपालिका वडा नं. ९ फलावाङका ३३ वर्र्षका धन बहादुर परियारलाई पक्राउ गरी कानुन कारबाहिको प्रक्रिया थालिएको हो । जिल्ला प्रहरी दाङका राजनकुमार गौतमले प्राणमञ्च डटकमलाई जानकारी गराएका हुन् ।
उनीहरुले सल्यान कपुरकोटस्थित कालिका मा।वि।का शिक्षक बामदेव अधिकारीलाई नेपाल कम्युनिष्ट पाटी बहुमत को लेटरप्याड बनाई आर्थिक सहयोग सम्वन्धमा भनी एस एम एस पठाई ५,००,००० पाँच लाख, दाङ तुलसीपुर उमनपा वडा नं। १८ स्थित बेलझुण्डी मा।वि।कि शिक्षिका जानका बस्नेतलाई १० लाख रुपैयाँ र तुलसीपुर उमनपा वडा नं. ७ बुढागाउँ पर्सेनी बस्ने पूर्व शिक्षक ईन्द्र बहादुर वलीलाई एक लाख० रुपैयाँ माग गरेको र यदी कसैलाई भन्ने वा प्रहरीलाई खबर गरेमा अप्रिय घटना समेत घट्न सक्ने चेतावनी दिएका थिए ।