केशर सुनार/बिजुवार 

सुमन साहित्य संगीत महोत्सव विशेषाङ्क विमोचन कार्यक्रम शनिवार सम्पन्न भएको छ। प्यूठानको साहित्य जगतकाे नियमित प्रकाशनकाे रुपमा सुमन पत्रिका चर्चित भएपनि नेतृत्व र सराेकारवालाकाे विषेश ध्यान पुग्न नसक्दा निरन्तर प्रकाशनमा विभिन्न उतारचढावहरु खेपिरहनुपरेकाे छ । विमोचन कार्यक्रममा परिषदका कार्यवाहक अध्यक्ष एवम् संस्थाको उपाध्यक्ष विमला खनालको अध्यक्षता थियाे भने प्यूठान नगरपालिकाका उपमेयर देवेन्द्र वर्माको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा प्यूठान नगरपालिकाका निवर्तमान मेयर अर्जुन कक्षपति, प्रा.डा गोपिन्द्र पौडेल, प्रशिद्ध बालकथाकार विजयराज आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष संजय रिजाल, पूर्व अध्यक्ष गेहराज शर्मा लगायत साहित्यिक अनुरागी व्यक्तित्वहरुसँगै शिक्षक एवम् क्याम्पसका विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि उपमेयर देवन्द्र वर्माले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका हुन् भने प्रमुख अतिथि र विशिस्ट अतिथिद्वारा ‘सुमन’ विमोचन कार्यक्रम सुरुवात गरिएको हो। भानुभक्त पोख्रेल र रामकृष्ण शर्माद्वारा पुस्तक समिक्षा गरिएको थियो।

कार्यक्रममा मन्तव्य राख्दै साहित्य परिषद प्यूठानका सल्लाहकार एवम् पुर्वअध्यक्ष गेहराज थापा साहित्य समाजको यथार्थ चित्रण प्रस्तुत गर्ने माध्यम बताउदै सुमन मनाेभावाना,आलोचना र व्यंग्य गर्ने माध्यम रहेको बताए।त्यस्तै प्रशिद्ध बाल कथाकार विजयराज आचार्यले जिल्लामा सुस्ताएर रहेको साहित्यिक गतिविधि तीव्र रुपमा मौलाईरहेको जनाउनुभयो। आचार्यले साहित्य बाच्ने सिर्जना बताउदै परिषदको अध्यक्ष नवराज आचार्य स्वास्थ्य अवस्थाका कारण उपस्थित नहुँदा कार्यक्रममा अभाव खड्कीएको बताए।

प्रमुख अतिथि उपमेयर देवन्द्र बर्माले स्थानीय सरकार गाउको सिहदरबार हो,सरकार सधै मौलिक लोक साहित्य र सस्कृतिको सरक्षणमा हरदम साथ रहने बताए।साथै सुमन विमोचन कार्यक्रमको सफलताको शुभकामना दिदै लेखकहरुले नगरपालिकाले गर्ने विभिन्न राम्रा कामहरुको विषयवस्तुहरुमाथि कलम चलाउन आग्रह गरेका छन्।साथै उपमेयर वर्माले अभिभावकविहिन विद्यार्थीहरु पढाउनेमा प्यूठान नगरपालिका देशको पहिलो नगरपालिका भएको बताए।

कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष बिमला खनालले महोत्सव सफलताको स्मरण गर्दै महोत्सवको १० महिनापछि सुमनको विशेषाङ्क प्रकाशित भएको बताईंन।साथै अग्रजप्रति आभार व्यक्त गर्दै साहित्य परिषद प्यूठानले आगामी दिनमा समाजको चहकिलो ऐना भएर कलम यात्रा गर्ने प्रतिबद्धता समेत जनाईंन।
स्वागत मन्तव्य परिषदका सदस्य लोकेन्द्र जिसीले गरेका थिए।कार्यक्रममा रवी पौडेलले सानुलाई प्रेम,स्नेहा धामीले टुहुरी नामक लघुकथा पदम बुढामगरले मुक्तक बाचन गरेका थिए।साथै साहित्यिक अनुरागी व्यक्तित्वहरु परिषदका सदस्य लोकेन्द्र जिसीले गजल अन्य व्यक्तिहरुले कवितालगायत प्रस्तुत गरेका कार्यक्रम संचालक साहित्य परिषद प्यूठानका सचिव ध्रुव गिरीले बताए ।