ललिता निवास प्रकरणका २ आरोपी रिहा, अरुको ५ दिन म्याद थप

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो ।

उनीहरुलाई उमेर र स्वास्थ्यको कारण देखाएर रिहा गर्न आदेश दिएको अदालतले मुद्दा बुझाउँदा सँगै उपस्थित गराउन भनेको सीआईबीका एसपी नवराज अधिकारीले जानकारी दिए । सीआईबीको हिरासतमा रहेका अन्य आरोपितलाई भने जिल्ला अदालतले ५ दिन थप हिरासतमा राख्न अनुमति दिएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायत हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation