दाङ/ नेपाल कम्युनिस्ट पार्टी राप्ती व्युराेकाे दाेस्राे पूर्ण बैठक सम्पन्न भएको छ । पार्टीका व्युराे इन्चार्ज कमरेड सविन सीकाे अध्यक्षतामा नेकपा पुर्वी दाङद्वारा संचालित सी कृषि फार्मकाे धान उत्पादन केन्द्रमा रहेका एकीकृत कृषि भवनमा राप्ती व्युराेकाे बैठक सम्पन्न भएको हाे ।
व्युराेकाे बैठकले राजनीतिक, वैचारिक,संगठन, संघर्ष, आर्थिक, उत्पादन, साँस्कृतिक, नमुना कार्य, प्रकाशन तथा सूचना संचार, प्राविधिक तथा विविध विषयमा निर्णय गरेको व्युराे कार्यालय सचिव विकास सीले जानकारी दिए ।
पार्टी व्युराेकाे बैठकले राप्ति क्षेत्रमा समाजवादी माेर्चाका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा संचालन गर्न सम्पूर्ण पार्टी पंक्तिलाई परिचालन गर्ने, नेपाली विशेषताकाे समाजवादका लागि राप्ती क्षेत्रमा विशेष अभियान सञ्चालन गर्ने तथा यस क्षेत्रमा रहेका समाजवाद पक्षधर सबै शक्तिहरुसँग सहकार्य गर्ने कार्यक्रम तय गरेकाे छ ।
युवापुस्ताकाे नयाँसाेचलाई समाजवाद निर्माणमा रुपान्तरण गर्ने, राप्ती क्षेत्रमा युवा विद्यार्थी विशेष अभियान संचालन गर्ने, व्युराेक्षेत्रमा श्रम संस्कृतिलाई व्यापक बनाउने, ‘मिशन आत्मनिर्भर उत्पादन’ अभियान अन्तरगत लगाइएका धानबाली लगायतका वर्षेबालीहरुकाे विशेष हेरचाह गर्ने लगायतका निर्णयहरु गरिएको बैठकमा सहभागी उत्तर सल्यान जिल्ला इन्चार्ज कमरेड भीम सीले बताए ।
बैठकमा पार्टीका राजनीतिक समिति सदस्य कमरेड शितल सी, पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य कमरेड सुन्दर सीले हालै सम्पन्न पार्टी केन्द्रीय समितिले पारित गरेको दस्तावेज तथा राजनीतिक विषयमा प्रशिक्षण दिएका थिए । बैठकमा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य कमरेड पाटन जंगली सी, युवा संगठनकै महासचिव तथा पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य कमरेड तिलक सी लगायतका अतिथिहरुकाे बिशेष उपस्थिति रहेको थियो ।
बैठकमा सल्यान, रुकुम पुर्व र पश्चिम, राेल्पा, दाङ पुर्व र पश्चिम लगायतमा कार्यरत केन्द्रीय सदस्य, केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला सचिवहरु सहभागी रहेका थिए।