प्यूठान
नौबहिनी गाउँपालिका १ स्याउलिवाङ परम्परागत वर्षे आलु, रायाे तथा मुला खेतीकाे लागि प्रख्यात उर्वर भूमि हाे । प्यूठानको सुदुर उत्तरमा अवस्थित याे क्षेत्रमा सहज यातायातको निरन्तरता नभएकोले जनजीवन कष्टकर छ । हरेक वर्ष यहाँका कृषकले वर्षे आलुकाे राम्रो बजार पाउँछन् र घर खर्चको जाेहाे गर्न मद्दत गर्छ ।
यातायातको राम्रो पहुँच नभएको यस क्षेत्रका स्थानीयलाई आलु उत्पादन गरेसँगै यसको बिक्रीको लागि भने कुनै चिन्ता हुँदैन ।
परम्परागत रुपमा आलु खेती गर्दै आएका कृषककाे आलुले बजारमा राम्रो भाउ पाएपछि यहाँका किसान खुशी भएका छन।
यहाँ उत्पादन गरिएको करिब ३५ क्विन्टल आलु राम्रो मूल्यसहित बिजुवारमा आइपुगेको छ।


तस्बिर: स्याउलीवाङमा उत्पादित बेमौसमी आलु बिजुवारमा किन्नेको घुइँचाे
सोमबार दिउसो प्युठान नगरपालिका वडा नम्बर ४ बिजुवार झर्दासम्म करिब ३५ क्विन्टल आलु बिक्री भएपछि किसान उत्साहित बनेका हुन् । “हामी खुशी छौँ, राम्रो मूल्य पनि पर्यो, आलु बिक्दैन कि भन्ने चिन्ता पनि हट्यो,सबै किसानको एउटै चिन्ता थियो, व्यावसायिक रुपमा आलु खेती त गरियो आलु कसरी खपत होला भन्ने तर आलु सोचेभन्दा राम्रो बिक्री भयो खुशी छौँ, नौबहिनी गापालिका वडा नम्बर १ स्याउलिवाङका निम बहादुर पुनले भने।
उनका अनुसार आलु खेती हुने साबिकका सबै वडामा सडक पुगेको छैन । २ वटा वडामा उत्पादन भएको आलु मात्र हो हिजो बिहान ८ बजे ट्याक्टरमा आएको दिउँसो मात्र बिजुवार आइपुगेको थियौ प्रती के जि ५० का दरले आलु बिक्री गरिएको छ ।
आफ्नै घरको प्राङ्गारिक मलको प्रयोग गरी अर्गानिक आलुखेती गर्दै आएको पुनले बताए । उनलेे जटिल सडककाे कारणले यातायातका साधनमा समस्या भएको र सिंचाई, मलखाद, बीउ र सहज बजार समस्याबीचमा आलुखेती गरिरहेकाे बताए ।
खेती नगरे अर्को विकल्प नरहेकाले यस क्षेत्रमा आलु खेतीतर्फको आकर्षण बढेको उनको भनाई छ।