Pranmancha

Advertisment

SKIP THIS

स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि

२००१ कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गी (जेबी टुहुरे)ले गीत संगीतको क्षेत्रबाट नेपालको लोकतान्त्रिक आन्दोलनलाई माथि उठाउन योगदान गरेका थिए । उनले गाएका ‘बसाइँ हिंड्नेको ताँतीले’, ‘आमा दिदी बैनी हो’ जस्ता गीतहरु कालजयी छन् ।

टुहुरेको २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो ।

२०२० को दशकदेखि कम्युनिष्ट विचारधारासँग नजिक भएका जेबी टुहुरेले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए । उनको राजनीतिक आबद्धता माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थियो । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद् बनेका उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादी केन्द्रका सल्लाहकार समेत थिए ।

उनकै स्मृतिमा जेबी टुहुरे फाउन्डेसनले गत वर्षदेखि स्रष्टा सम्मान कार्यक्रम गर्दै आएको छ । गत वर्ष धरानमा आयोजित जेबी टुहुरे स्मृति स्रष्टा, सम्मान कार्यक्रममा ‘बसाइँ हिंड्नेको ताँतीले’ गीत लेखेका लव प्रधानलाई सम्मान गरिएको थियो । यस वर्ष भने कवि, गीतकार तथा सामाजिक अभियन्ता अनिल पौडेललाई सम्मान गरिँदै छ । सम्मान कार्यक्रम यही भदौ १० गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गर्न लागिएको जेबी टुहुरे फाउन्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation