नेपाली रकेट उड्यो सिन्धुलीको आकाशमा, लगानी गर्नुको साटो राज्य बेखबर

नेपाल सरकारले यस विषयमा लगानी, विकास र प्रवद्र्नको कुरा त कहाँ हो कहाँ प्रतिक्रिया समेत जनाएको छैन जुन नेपाली विज्ञान प्रविधिको विकासको क्षेत्रमा निकै दुखद पक्ष भएको विज्ञान प्रविधिका विज्ञहरुको गुनासो छ ।

नेपालको विज्ञान र प्रविधि जगतको इतिहासमै पहिलो पटक नेपाली युवा इन्जिनियरिङका विद्यार्थीहरुको समूहले बनाएको रकेट नेपाली आकाशमा परीक्षण भएको छ । शनिबार नेपालको पहिलो रकेट गरुडको सिन्धुलीको भिमानमा प्रक्षेपण परीक्षण गरिएको हो । यद्यपि यो

समाचार आउँदासम्म पनि नेपाल सरकारले यस विषयमा लगानी, विकास र प्रवद्र्नको कुरा त कहाँ हो कहाँ प्रतिक्रिया समेत जनाएको छैन जुन नेपाली विज्ञान प्रविधिको विकासको क्षेत्रमा निकै दुखद पक्ष भएको विज्ञान प्रविधिका विज्ञहरुको गुनासो छ ।

रकेट र स्याटेलाइट प्रविधिमा नेपाल पनि पछि छैन भन्ने सन्देश दिनका लागि नेपाली युवाहरुको समूहले रकेट प्रक्षेपण परीक्षणमा नेपाली सेनाले साथ दिएको थियो । प्रक्षेपण परीक्षण समारोहमा प्रधान सेनापति पूर्णचन्द्र थापा उपस्थित भएका थिए ।

रकेट करिब डेढ सय मिटर आकाशमा उडेको थियो । त्यसपछि हावाका कारण रकेट दुर्घटना हुन पुगेको थियो । यो रकेट १० हजार फिट एलजीएलको उचाइमा पुग्ने अनुमान गरिएको थियो ।

हाल देखिएका विभिन्न समस्या मध्यनजर गर्दै इन्जिनियरिङका विद्यार्थीहरुको समूहले आगामी महिना पुनः रकेट प्रक्षेपण गर्ने जनाएको छ ।

स्पेसपोर्ट अमेरिकामा आयोजना हुने रकेट इन्जिनियरिङ प्रतिस्पर्धा ‘स्पेसपोर्ट अमेरिका कप–२०२१’ मा नेपाली रकेट ‘गरुड’ पनि छनौटमा परेको छ । ७।४२ फिट उचाइ रहेको गरुडाको व्यास ६ इन्चको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation