राजनीतिक अस्थिरता रोक्न राप्रपालाई समर्थन : सांसद सापकोटा

आइतबार पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपकबहादुर सिंहलाई समर्थन गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदेश र संघमा पनि स्थिरताका लागि योगदान गर्ने मौखिक सहमति भएपछि राप्रपालाई सहयोग गरेको बताएका हुन्।

उनले राजनीतिलाई स्थिरता दिन र बलियो एकताको स्थिति बनाउन समर्थन गरेको बताएका छन्। उनले भने, ‘समग्र राजनीतिक परिस्थितिलाई बलियो बनाउने, अहिले अस्थिरता सिर्जना भइरहेको छ, यी सबै कुरालाई स्थिर बनाउने र असमझदारी हटाउँदै बलियो एकताको स्थिति बनोस् भनेरै यो समझदारी गरिएको छ। उहाँहरूले प्रदेश र संघमा पनि स्थिरताका लागि योगदान गर्नुहुनेछ।’

सांसद सापकोटाले राजनीतिक वृत्तमा अहिले अस्थिरता सिर्जना भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation