राजनीति, मिडिया र स्वत्वका कुरा- नरेन्द्रजंग पिटर

चोम्स्की भन्छन्ः “साहित्यले मान्छेलाई दीर्घकालीन प्रभाव त पार्छ तर क्रूर वर्तमानसँग पौँठाजोरी खेल्न त तथ्य र तर्क भने दिँदैन । जमेको मष्तिष्कलाई घन बजार्न सहज ज्ञानले थाहा नपाएका, नचिनेका घटना, पात्र र प्रवृत्तिलाई खुलस्तै प्रतिरोधको तर्क उत्पादन गर्नु आजको लेखकीय आवश्यकता हो ।” हो, पक्कै समयसँगै शक्तिका क्रूर खेल चिन्न र प्रतिकार गर्न अहिले वैचारिक हतियार अत्यन्तै जरूरी छ । पुँजी र प्रविधि मार्फत मिडिया कब्जा गरेर मानवबाट करपोरेट उपभोक्तामा मात्र फेर्दैछ । संवेदनहीन रोबट निजत्व र पुँजीको चाहामा म्याराथुन गर्दैछन् ।

अहिले राजनीतिका बिना टिकटका तमासा  चल्दैछन् । सबै पार्टीको हालत र हविगत एकैखाले छन् । सबै विषयको केन्द्र राजनीति हो । पार्टी त्यही रहेका छन् । नेता पनि उनै हुन् । तर गुण र रुप भने फेरिए । किन मान्छे राजनीति गर्छ भन्ने प्रश्न सामान्यजनमा उठ्न थाले । असल मान्छेहरु राजनीतिमा सरोकार नराख्दा नागरिकलाई भिड र जनतालाई रैति बनाउने छटटुहरुको राजनीतिक बजार चम्कियो । मान्छेको चालकशक्ति (ड्राइभिंग फोर्स) के हो ? सबै कुराको निर्धारण विचारले गर्छ । विचारले नै सोच, मूल्य, मान्यता, सुन्दरता र भूमिका तय गर्छ । विचार नभएकाको पनि विचार नहुँनु नै विचार हो । त्यसैले भनिन्छः
“हिउँदको सिख्रो रूख बसन्तमा झम्म,
 दुखः पनि सुखै हुन्छ, आस्था रहेसम्म.।”
 युद्धमा हतियार भएर मात्रै हुँदैन बारुद गोला आवश्यक परेजस्तै अनुकुलको सोच बनाउन मिडिया आवश्यक हुन्छ । मान्छे हरेक पल  नयाँ मान्छे बनिरहेको हुन्छ । समयसँगै सोच र भूमिका अनुसार सम्बन्धका अर्थ र परिभाषा पनि फेरिँदै जान्छन् । अझ मूल्यको विघटन र उपभोक्तावादी चिन्तनमा हरेक विषय फाइदासँग जोडेर मात्र हेरिन्छ । हो, पक्कै पनि  जीवन र जगत बुझ्ने हरेकका दृष्टि,  दृष्टिकोण, नजर र पक्षधरता  फरक हुन्छन् । सबैका रामकहानी, कथा÷व्यथा र सपनाको मेल हुँदैन । लेखक, सम्पादक, प्रकाशक र पाठकका सोच, सुन्दरता, सत्य, आदर्श र सपना एकैनासे नहुँन सक्छन् । काँडाको दुखाइ त्यसैलाई थाहा हुन्छ जसलाइ बिझेको हुन्छ । अनुभूति मात्र  गर्न सकिन्छ, अभिव्यक्ति तराजुमा तैलिन भने सकिदैन ।  जीवनका भोगाइ मखमली गद्दीमा हुँदैनन् ।
ज्ञानी, जिज्ञासु र गम्भीर पाठकसँग केही अन्तरसंवाद गर्दैछु । किन लेख्ने ? लक्षित पाठक को हुन ?  किन पढछन् ? पढेर सोचमा के असर पर्छ ? के  बनिबनाउ मथिङ्गल खजबज्याउँदै लेखले आवेग पैदा गरेर नयाँ विवेक तयार गर्नसक्छ ! समसामयिक विषय, साहित्य, दर्शन र राजनीति किन पढ्ने ? यो उपभोक्तावादी समाजमा पढेर के फाइदा होला ? लेखक र पाठकबीच संवाद अन्तरकृया कस्ता होलान् ? पठनकृया दिमाग अर्जाप्न हुन्छ कि ! फेसनका लागि !
  पत्रिका किन छापिन्छन् ? यसको उपादेयता के हो ? संसारको भार पत्रकार र मिडिया संस्थानले  नै उठाउन किन उत्सुक हुन्छन् ? किन त्यस्तो आवश्यकता प¥यो ? कतै मिडियालाई राज्य र आफूलाई शासक त सोच्दैनन् ? कतै शक्तिको प्राज्ञिक चाकरी त शब्दले गरिदैन्् ? मिडियाकर्म मनसुख मात्रै त हैन् । के यो व्यवसाय हो ? समाजसेवा हो ? राजनीति हो ?
आखिर मिडियाकर्म के हो ?
आफ्नै कुरा गरौँ– एकपटक मलाई जीवनका कथाव्यथा भन्न निम्त्याइयो । तब मैले बकपत्र लेखें।  सवार्ल्टनका आँशु र मुस्कान अभिजातवर्गको कलमकारले बुभ्mन र आत्मसात गर्न नसक्नु स्वभाविक हो । अझ साहित्य, कला, संस्कृति र पत्रकारितामा पक्षधरता हुन्छन् नै । सवाल्टर्नहरू धुलो टकटक्याउँदै उठेर अभिजातहरूसँग आँखा जुधाउने धृष्टता गर्छन् । मेरो सौन्दर्यवोधको भिन्नता यही हो ।
  एकपटक नोवेल साहित्य विजेता जापानी उपन्यासकार कान्जिरोवा वोले (१९९४) संसारकै सर्वश्रेष्ठ पब्लिक इन्टिलेक्चल नोम चोम्स्कीलाई सोधेछन्– तपाईसँग यत्रा सशक्त तर्क, अनुभव र अभिव्यक्ति क्षमता छ । तर, पनि साहित्य भने किन लेख्नुहुन्न ?
तब चोम्स्की भन्छन्ः “साहित्यले मान्छेलाई दीर्घकालीन प्रभाव त पार्छ तर क्रूर वर्तमानसँग पौँठाजोरी खेल्न त तथ्य र तर्क भने दिँदैन । जमेको मष्तिष्कलाई घन बजार्न सहज ज्ञानले थाहा नपाएका, नचिनेका घटना, पात्र र प्रवृत्तिलाई खुलस्तै प्रतिरोधको तर्क उत्पादन गर्नु आजको लेखकीय आवश्यकता हो ।” हो, पक्कै समयसँगै शक्तिका क्रूर खेल चिन्न र प्रतिकार गर्न अहिले वैचारिक हतियार अत्यन्तै जरूरी छ । पुँजी र प्रविधि मार्फत मिडिया कब्जा गरेर मानवबाट करपोरेट उपभोक्तामा मात्र फेर्दैछ । संवेदनहीन रोबट निजत्व र पुँजीको चाहामा म्याराथुन गर्दैछन् ।
 विचारविहीन मान्छे बन्दा राजनीतिमा चिन्तन र संवेदना  हराउँदै गए । सोच्ने टाउको बजारमा लिलाम भएर मस्तिष्कमा निजत्व मात्रै भरिँदै गयो । दोहो¥याउँछु– खुसी बेचेर सुख खोज्न मान्छे भौतारिरहेका छन् । विश्व करपोरेट सत्ता मिडिया मार्फत मिथ्याचेत फैलाएर सोच्न र प्रतिकार गर्न नसक्ने लम्पट र नपुंसक जनमत सिर्जना गर्दैछ । नायक खलनायकमा फेरिँदैछन् । मूल्य, मान्यता, अदर्श र सपनामा प्रहार गरिँदै सिद्धान्त, विचार, दर्शनको अपव्याख्या गरिँदैछ । सपनाका धरहरा भत्किरहेका छन्, अनेकौ रूपका चाकरहरू देखा परे । हिजोका आदर्शवादीहरू कुरूप तोँद फुलाएर यत्रतत्र भौतारिरहेका छन् । राजनीतिक पार्टीहरू सुविधा अनुसार इतिहास र अभ्यासको अपव्याख्या गर्दै ट्रेडमार्कमा फेरिँदै गए् । नागरिकलाई भिड र कार्यकर्तालाई लम्पट र लठैत बनाँइदैछ । सबैका तर्क हुन्छन् । हत्यारा र बलात्कारीका पनि आफ्ना कुकृत्य औचित्य दिने तर्क भएरनै अपराधकर्ममा उत्रिने गर्छन् । हिजोका नायक डुङडुङती गन्ह्याए ।
धर्मभिरुहरु विज्ञानको सुखसुविधा उपभोग गरेर पनि अगस्ति जिन्दगी धर्मको घन्टी बजाइरहेको हुन्छन ।  रसायन शास्त्रको प्रोफेसर शंकटेश्वर धाएको हिजो पनि देखेँ ।
एउटा डाक्टरमा वैज्ञानिक चिन्तन हुनु पहिलो सर्त हो, सांस्कृतिक संवेदना भिन्नै कुरा हो । यदि कुनै वैज्ञानिक अवैज्ञानिक पथबाट गुज्रिन्छ भने पाएको ज्ञान, बुद्धिको कुनै अर्थ हुँदैन उसको भूमिका व्यवसाय मात्र बन्छ । एउटा प्रजातन्त्रवादी बन्न, समाजवादी बन्न, कम्युनिष्ट बन्न वैज्ञानिक चिन्तन राख्नु पहिलो सर्त हो । भिन्न विचार र आस्थाको सम्मान गर्नु उसको आफ्नै गरिमा कायम पनि गर्नु हो । यो चिन्तन जति राजनीतिक विचारमा लाग्छ, त्यतिकै धार्मिक आस्था स्विकार्नेमा पनि लाग्छ ।
  राजनीतिका व्याख्या विश्लेषण गर्न मिडियाले मलाई पनि उभ्याउँछन । हार्ड डिस्कमा जमेर बसेको धारणा भत्काएर “आधुनिक” बन्न नसक्दा हिजोको आफैलाई मुर्दावाद भन्न पनि सक्दिन । आदर्शले आत्महत्या गरिसकेर राजनीति पार्टीहरू ट्रेडमार्कमा खुम्चिरहेको बेला के, को राजनीति व्याख्या, विश्लेषण ! घृणाले सार्वजनिक मिडियाबाट क्लेप्टोक्रेसी (भ्रष्टतन्त्र) लाई थुकिदिन पनि सक्दिनँ, स्वीकार्न त सक्दै सक्दिनँ । विचार आदर्शका मलामी गैसकेका नेताका छाला अब मोटा भैसके । भक्तजनमा फेरिएका कार्यकर्तालाई भने खोपीमा दिमाग सिउसेर राजनीति गर्छन् ।
मेरा लेख र अन्तरवार्ताले कसैलाई कर्ममा उतार्न सक्दैन्, स्वयं म पनि पाल्सी कुरा गर्छु भने त्यो जस्तो अपराध के होला !  शक्ति र स्वार्थको व्यवसाय चम्किरहेको बेला  भ्रष्टतन्त्रको प्रभाव साहित्य, कला र पत्रकारितामा देखिँदैछन् । त्यो अझ पार्टी मिटिग, माहाधिवेशन, चुनाव, नियुक्ति, समालोचना, सम्मान र पुरस्कारमा देखा पर्दैछन् । अहिले चिन्तनको खतरा मोल्न प्राज्ञहरू तयार छैनन् । बरु, रागदरवारी बनेर भजन लेख्न थालेका छन् । कुण्ठा, आग्रह र प्राज्ञिक कमाराहरू गुलामीका तर्क कोरल्छन । जहिले पनि आग्रहले मानव अन्तरनिहित क्षमतालाइ धमिराले काठ चपाएझैँ चपाइरहन्छ । उर्जा सकिएका कलमलाई हिजोका सिर्जनाले जिस्क्याइरहन्छन् । सौन्दर्यशास्त्री कुरुपगाथा कोरिरहेका, कथिरहेका बेला तब के लेख्ने ? लेखेर के हुन्छ ? के गोबर भरिएका मस्तिष्कमा मिडियाले घन बजार्न सक्दैन भने गोबर सिंहको प्रतिअर्ती कथाः एउटा शारीरिक नपुंसकले अर्को नपुङ्सक जन्माउन सक्दैन तर एउटा बौद्धिक नपुंसकले एकै पटक लाखौ बौद्धिक हिजडा जन्माइदिन सक्छ ।” भन्ने सम्झन पुग्छु ।
                        लेखक- नरेन्द्रजंग पिटर
हो, मान्छे नित्य नयाँ बन्दैजान्छ । मान्छेभित्र एकैपटक धेरै मान्छे सक्रिय हुन्छन् । सोच्न थाल्छु– के म हिजोको त्यही मान्छे थिएँ ! जसले सबैकुरा त्यागेर सपनाले डो¥याउँदा स्वयंले घारो र कात्रो बोकेर कर्णालीमा झ्याम्मै हाम फालेको थिएँ । के मेरा त्याग र आदर्शका जीवन नाटक थिए ? अहिले म किन त्याग्न पनि सक्दिनँ, जीवन व्यवहार बनाउन पनि सक्दिनँ ? विद्रोहका झण्डा फहराउदै नारा कुर्लिन पनि सक्दिनँ ? हिजो ठिक थिएँ ! की आज ! हिजो लेखेको लेख बौलाएर लेखेको थिँए भन्न पनि सक्तिन, स्वीकार्न पनि सक्दिनँ ? किन म सेल्फ सेन्सरसिप भएर मेरा लेखाइका कुरा जीवन आदर्श बनाउन सक्दिन् ?
 म इतिहासदेखि डराएर कुथ्थुर हुन्छु । नेताभन्दा लेखकलाई धेरै चुनौति छ । लेखले सधैँ लेखकलाई लखेटिरहेको हुन्छ । अझ आफैँले कथेका कथ्य र बनाएका खलपात्र आफैँ बन्नुपर्दाका मानसिक पीडाको कथा कहिनसक्ना हुन्छन्। आफ्नो जीवनका कथा र व्यथा सुनाउँदै मैले प्रेमप्रकाश मल्लको कविता सम्झिन्छु–“तिमीले पनि बितायौ, मैले पनि बिताँए, जस्ले जसरी बितायो बित्ने रहेछ जीवन ।“
म र मेरो जीवन यात्रा एउटा स्वप्नमय यात्रा दुर्घटनामा प¥यो ।  त्यो पीडा कुण्ठा नभै आक्रोस हो । ल्याङ्गस्टन ह््यूजको शब्दमा–ः
थगित भयो भने सपना के हुन्छ ?
के त्यो घाममा सुकाएको किसमिस झँै चिहुरिन्छ ?
 कि घाउ झैँ पाक्छ र  पीप बहन्छ ?
कि कुहिएको मासुजस्तै गन्हाउँछ, त्यो ?
सायद त्यो ग¥हुङ्गो भारी जस्तो विस्तारैै घर्सिने हुन्छ
 कि विष्फोट हुन्छ सपना ?
अनुभूतिका स्वरहरु
यदि तपाईं कसैलाई आदर सत्कार गर्नुहुन्छ तर उसले तपाईंलाई कुनै रेस्पोन्स गर्दैन भने २ कारण हुन सक्छन् । पहिलो, तपाइ उसको नजरमा महत्वहीन व्यक्ति हो, दोस्रो तपाइ स्वयं आफ्नु हैसियत नचिनेर अपमानित हुन खोजिरहनु भएको छ । शक्ति, सामथ्र्यमै सम्बन्धका रूप र स्तर फेरिँदै जान्छन् । सम्बन्धका विकास आवश्यकताले हुन्छन् न कि भावना वा विगतका भूमिकाले । विश्वास फेरिएपछि सम्बन्ध र सुन्दरता हिजोको जस्तै रहँदैनन् । सामान्यजनभन्दा हीनताबोध ग्रसित “विद्वानसँग” सम्बन्ध राख्दा धेरै होसियारी बन्नुपर्छ । भनाइ छ “कोही शिक्षित मान्छेलाई समस्या ज्ञान र बुद्धि नभएर हैन् उसलाई सर्वज्ञ छु भन्ने भ्रमले हुन्छ ।” त्यो स्वत्व जागृतमा देखा पर्छ । स्वत्वका दुइ रूप– १) स्वाभिमान २) अहङ्कार  हुन् । ती दुवैको कोणात्मक दूरी र भिन्न चरित्रमा विकास हुन्छ ।
१) स्वत्वले स्वाभिमानको बाटो समात्यो भने सिर्जनात्मक हुन्छ । सकारात्मक सोच राख्छ । आफूलाई, आफ्ना चिन्तन र भूमिकालाई पुनर्मूल्याङ्कन गर्छ । सबैसँग सिक्न सकिन्छ, अरूले शिक्षा दिन सक्छन्, आफूले कति ग्रहण गर्ने भनेर सोचेर कर्ममा उत्रिन्छ । अरूलाई सम्मान, प्रेम, सदभाव दिएर÷गरेर आफू समृद्धि हुन्छ । सम्बन्ध जोडिनमा जसरी एउटाको मात्रै भूमिका हुँदैन त्यसैगरी सम्बन्ध टुट्नमा पनि एउटाको मात्रै दोष हुँदैन । करकापमा मित लाइदैन । कोही आफूसँग तर्कन्छ, वैरभाव राख्छ, दुश्मनीमा उत्रन्छ भने  आफ्नु कति दोष छ, हिस्सा छ भनेर सोच्छ । र, सुधार्छ । तर हेपेको भने पटक्कै सहँदैन ।
२) स्वत्वको अर्को चरित्र अहङ्कार हो । अहङ्कारले पनि दुई बाटा समात्छन् । दुवै डिप्रेसनका लक्षण हुन् । पहिलो उच्चताबोध
 (सुपरेटी कम्प्लेसिटी ) र अर्को हीनताबोध (इन्फेरिटि कम्लेसिटी) ।
क) सुपरेटी कम्पलेसिटीले आफू सर्वज्ञ सोच्छ । अरूले गरेका सम्मान कमजोरी, अज्ञानी र याचक सोच्छ । प्रेमलाई दासता, सम्मान, चाकरी र हेप्नु बडप्पन सोच्छ । अरूसँगको अन्तरघुलन व्यक्तित्वको क्षय सोच्छ । अहंकारी आदेशपालक पछुवा बनाउन चाहन्छ । शक्तिशाली सामु भने कर्कलाको डाँठ झै लल्याकलुलुक हुन्छ । तर आदर गर्नेलाई अपमान गर्दै भदौरे बहर जस्तै डुक्रिन्छ । अहंकारी अत्यन्तै डरपोक हुन्छन्, चौतर्फी दुस्मन देखेर गोमन सर्पझैं फणा उठाएर फ्वाँ गरिरहन्छन् । अरूलाई हेपेको कथ्य रचिरहनु पर्छ । भजनमण्डली तयार गरिन्छन् ।
ख) हीनताबोधः जव अहङ्कारका अभ्यास सुपेरियर कम्लेसिटीमा पुरा हुँदैन तब मान्छे हीनताबोधले ( इन्फेरियर कम्पल्सिटी) सताउन थाल्छ । आफू योग्य, दक्ष, ज्ञानी हुँदा पनि समकालीन समाज र व्यवस्थाले वास्ता गरेन भन्ने भएर निराश हुन्छ । निराश नदेखिन ठूलोकुरा बकबक गर्छ । गाली शास्त्रको कलात्मक सिर्जना गर्छ । बालको खाल खिचेर अरुका कमीकमजोरी चिच्याएर आफू सान्दर्भिक देखिन खोज्छ । हीनताबोधले सताइएका मान्छेको प्रशंसा, सहयोग गरिनु पनि खतरा निम्त्याउनु हो भने सुझाव, समीक्षा वा आलोचना गरिनु त आ बैल मुझे मार भनेझैँ हुन्छ । यस्ता मान्छेहरू अत्यन्तै शंकालु हुन्छन् । कसैले कुरा त काटेन भनेर अति चियोचर्चो गर्छन् । भ्रममा आनन्द लिन्छन् भने आशङ्का गरिएका मान्छेले गरेका हरेक काम, कुरालाई आफू लक्षित सोच्छन् । शंकालु स्वभाव नै बन्न जान्छ भने त्यो परानौया एबचबलयष्ब फोबियाबाट ग्रसित मान्छे हो भनेर सोचे हुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation