एमसीसी परियोजना कार्यान्वयन विरुद्ध नेकपा मशालकाे विरोध प्रदर्शन

नेकपा मशाल जिल्ला समिति दाङले अमेरिकी विकास परियोजना (एमसिसी) सम्झौता कार्यान्वयन विरुद्ध शनिबार विराेध प्रदर्शन गरेकाे छ । लामाे समयदेखि राष्ट्रघाती एमसिसी सम्झाैताकाे विराेध गर्दै आएकाे साे पार्टीले घाेराहीमा मसाल जुलससहित भण्डाफाेर तथा विराेध प्रदर्शन गरेका हाे ।

नेपालका बहुमुल्य प्राकृतिक सम्पदा युरेनियम लगायतका खनिज पदार्थको अवैध दाेहन गर्ने र सामरिक इलाकाकाे ट्रान्जिट पाेइन्टकाे क्रिडास्थल बनाउने दुर्नियतले एमसीसी आएकाेले यसलाई नेपालबाट खारेज गर्नुकाे विकल्प नभएको नेकपा मशालका केन्द्रीय सदस्य शशिधर भण्डारीले बताए । उनले अहिलेसम्म नेपालकाे हितविपरीत खुला रुपमा नबाेलेकाे चीनले नेपाली दलाल शासकहरुकाे अमेरिकी साम्राज्यवादसँगकाे लम्पसारवादी नाङ्गो नृत्यले नेपालकाे हित विरुद्ध अवैध नक्सा जारी गरेकाे बताए ।

विराेध कार्यक्रमका प्रमुख वक्ता समेत रहेका भण्डारीले नेपालबाट उदाउदाे शक्ति राष्ट्र चीन विरुद्ध गतिविधि गर्ने मनसायले नवलपरासी, पर्वत, पाल्पा लगायतका महत्त्वपूर्ण इलाकामा आफ्नाे पकड जमाउन अमेरिकी साम्राज्यवाद लागि परिरहेको जिकिर गरे । विगतमा भारतीय साशककाे एकछत्र हस्तक्षेप रहेकाे नेपालमा सात समुन्द पारिकाे मुलुक अमेरिका नेपालकाे सार्वभौम सदनबाट अमेरिकी कानुन मान्नेगरी सहजै घुस्नु निकै ठुलाे षड्यन्त्र भएको बताउँदै उनले सारा नेपाली जनताले यस परियोजनामा सम्झौता नगर्न विगतदेखि लामाे संघर्ष गरेकाे भएपनि जनतामाथि बुट बजारेर जबर्जस्ती नेपाली शासकले थाेपरेकाे बताए ।


पार्टी प्रवक्ता रेशम बिसीले अमेरिकी साम्राज्यवाद पसेका हरेक देशहरुमा जातीय, क्षेत्रीय, धार्मिक, साँस्कृतिक तथा लैङ्गिक उत्तेजना भड्काएर युद्ध निम्तयाउँदै आफ्नो स्वार्थ पूरा गर्न सिरिया, पाकिस्तान, अफगानिस्तान, मध्यपूर्व, अफ्रिका तथा काेरियन प्रायद्विपहरु तहसनहस बनाएकाे बताए ।

अमेरिकी डलरकाे रस्वस्वादनमा डुबेर नेपाली शासकहरुले १५ फागुन २०७८ (२७ फेब्रुअरी २०२२) मा याे याेजनालाई सदनबाट जबर्जस्ती पारित गरिएको थियाे । अमेरिकी सहयोगीको नाममा नेपालकाे सदनबाट सहजै घुसेकाे ५६ अरबकाे विषाक्त हतियारले अन्तहिन गृहयुद्धको सामना गर्दै नेपाली जनताले ठुलाे नाेक्सानी बेहाेर्नुपर्ने दिन आउने भएकोले याे राष्ट्रघाती परियोजना नेपाल सरकारले अस्वीकार गर्नुपर्ने सम्पूर्ण देशभक्तहरुकाे निष्कर्ष छ ।

कार्यक्रममा बाेल्दै नेकपा मशालका जिल्ला सचिव रामबहादुर जिएमले नेपाली जनता सधैंभरि देशकाे अहितमा शासकले थाेपरेका हरेकखाले असमान एवम् अपमानपूर्ण सन्धि-सम्झौताको खिलाफमा संघर्ष गरिरहेकाे इतिहास स्मरण गर्दै एमसीसी जस्ताे जघन्य देशघाती प्राेजेक्टकाे खारेजीको लागि सबै देशभक्त, क्रान्तिकारी एवम् मुक्तिकामी जनहरु एकताबद्ध हुन जरुरी रहेकाे बाताए । उनले नेपाली शाषकहरुले अमेरिकी साम्राज्यवादकाे पुच्छर बनेर लम्पसार परेकाेले देशले सर्वदा दुर्दशा बेहाेरिरहनुपरेकाे बताए ।

 

प्रतिरोधका संयाेजक प्रमाेद धितालले अमेरिकी एमसीसी परियोजना साम्राज्यवादी स्वार्थ अन्तर्गत नेपालका शासकहरुले अनुमोदन गरेको परियोजना भएकोले सुरुदेखि नै नेपालका देशभक्त जनताहरुले विरोध गर्दै आइरहेकाे बताए । उनले शासक वर्गबाट अनुमोदित भए पनि यो जनस्तरबाट अनुमोदित नभएको उक्त राष्ट्रघाती परियोजनाकाे खारेजीको लागि राष्ट्रिय स्वाधीनताका पक्षधरहरुले निरन्तर संघर्ष गरिरहन आवश्यक रहेको बताए ।

नेपाल जनजाति सम्मेलन जिल्ला अध्यक्ष सेवक भट्टराईले एमसिसी परियाेजना नेपाली जनताले कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने बताए । उनले सबै देशभक्तहरु एकताबद्ध भएर नेपाली दलाल शासक र अमेरिकी दादागिरी विरुद्ध लड्नुपर्ने अनिवार्य रहेकाे जिकिर गरे ।

मसाल जुलुसपछिकाे काेणसभामा साे
पार्टीका नेता तथा कार्यकर्ता, बजारवासी जनसमुदाय, पत्रकार लगायतको उपस्थिति रहेकाे थियाे भने कार्यक्रमकाे सहजीकरण लालध्वज पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation