काठमाडौं : पेप्सीकोला–काँडाघारी सडकखण्डमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। आइतबार बिहान जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टका अनुसार सर्लाहीका २८ वर्षीय राज भट्टराईको मृत्यु भएको हो। उनी बागमती प्रदेश–०२–०४१ क ४८३८ नम्बरको मोटरसाइकल चालक हुन्। सिभिल अस्पतालमा उनको मृत्यु भएको प्रहरी प्रभाग काडाँघारीले जनाएको छ ।
दुर्घटनामा परेर ६ जना घाइते भएका छन्। उनीहरूको उपचार सिभिल अस्पतालमै भइरहेको प्रहरीले जनाएको छ।
आइतबार बिहान बा३ ख ४८४८ नम्बरको बसले मोटरसाइकलसहित बा ६ च ५३४२ नम्बरको पिकअप र बागमती प्रदेश–०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
बस चालक रामेछापको लिखुतामाकोशी-२ घर भई हाल पेप्सीकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।