जन्मदिनको शुभकामना र खस्किदो नेपाली संस्कार- इस्माली

अचेलहुँदो आधुनिक शहरीया समाजमा, हुनसक्छ ग्रामिण समाजमा पनि होला, जन्मदिनको शुभकामना दिने चलन निकै बाक्लिँदै गएको छ । जन्मदिनको शुभकामना दिनु राम्रै मात्र होइन, साह्रै राम्रो मान्नुपर्दछ । तर शुभकामना दिएर के फलिफाप हुन्छ ? अनि नदिएर बिग्रन्छ के ? जानिफकारहरु भन्छन् ‘यो आयातित चलन हो ।’ तर हाम्रो वैयक्तिक संस्कृतिको अभिन्न अङ्ग बनिसक्यो यो ।
त्यस्ता व्यक्तिलाई शुभकामना दिऊँ जसले समाजमा उल्लेखनीय योगदान दिएको छ । त्यस्तालाई शुभकामना दिनु भनेको तिनको शुभ कार्यको सराहना हो र त्यसबाट त्यस्तो शुभकार्य गर्न अरुलाई पनि प्रेरणा मिलोस भन्ने आशय हो । त्यस्तो शुभकामना दिन पाउँदा मन पनि  प्रफुल्ल हुन्छ नि !
हामी साँस्कृतिक रुपान्तरणको कुरा गर्छौँ तर पुँजीवादी वैयक्तिक संस्कृतिबाट थिचिँदै किचिँदै छौँ ! चालिसको दशकमा मुलुकमा भित्रिएको निजी र उदारीकरणसँगै अङ्ग्रेजी माध्यमको शिक्षा पनि भित्रियो र त्यसले बालबालिकाहरुलाई प्लेग्रुपदेखि नै ‘ह्याप्पि बर्थ डे’ भन्दै केक काट्न र चकलेट बाँडने संस्कारको शिक्षा सिकाउन थाल्यो र यो शिक्षा आजपर्यन्त जारी छ । त्यो संस्कार झाङ्गिदै गएर अचेल त घरघरमा भित्रिइसकेको छ । बाबुआमाको मात्र होइन, हजुरआमा–हजुरबुबाको जन्मदिन पनि केक काटेर बालिएको मैनबत्ती फुकेर निभाउँदै ‘ह्याप्पि बर्थडे टु यु’ भन्दै सामुहिक गीत गाउँदै मनाउने चलनले जरा गाड्दै गएको छ । अनि फोटो भिडियो खिचेर मुहारपट अर्थात् फेसबुकमा सार्वजनिक गर्ने चलन बाक्लिँदै गएको छ ।
 जन्मदिनको समारोह मनाइयोस्न\मनाइयोस् तर फेसबुकमा भने एउटा फोटो राखेर शुभकामना दिइएकै हुन्छ । पहिले–पहिले नेपाली समाजमा जन्मदिन मनाउने चलन खासै थिएन पनि । समाजका ठूला–ठालु एकाध सामन्तहरुले पण्डित बोलाएर रुद्रीजस्ता पुजाआजा लगाएर मनाउने गर्दथे ।
दियो बाल्थे कमसेकम अहोरात्र । दियो निभ्नु अशुभ ! आम जनलाई त्यसको खासै चासो हँुदैनथ्यो । राजारानीको जन्मदिनमा राष्ट्रिय सार्वजनिक बिदा दिइन्थ्यो । बस, त्यत्ति । तर अचेल त्यो चलन फेरियो र आयातित चलन चल्न थाल्यो । यो आम चलन बन्न लाग्यो । जन्मदिन मनाउनु नजाति चलन हँुदै होइन, राम्रै चलन हो । जन्मेको दिनको उत्सव मनाउनु किन नजाति हुन्थ्यो र ! तर मुहारपटे झ्यालीपिटाइ किन गर्नु भन्छन् बुझक्कीहरु । तर अचेल जन्मदिन मनाउनेलाई फेसबुक नरङ्गाई चित्तै बुझ्दैन ।
मुहारिका, ट्वीटर, इन्स्टाग्रामजस्ता सहज उपलब्ध माध्यमहरुले यो चलनलाई झन व्यापक विस्तार दिएका छन् । घरपरिवारमा मनाऊन नमनाऊन तर सामाजिक सञ्जाल सिँगारिएकै हुनुपर्छ । कतिसम्म हुनथाल्यो भने एकाघरमा सँगै रहेका श्रीमान, श्रीमती, छोरा, छोरीलगायत आफन्तजनको जन्मदिनलगायत विभिन्न अवसरका शुभकामनाहरु, शोकसन्देश आदि पनि सबभन्दा पहिले सामाजिक सञ्जालमै आउन थाल्यो । फेसबुक अर्थात् मुहारपटजस्ता संजालले त अझ १\२ दिन अगावै लहै फलानाको जन्मदिन फलानो दिन, शुभकामना देऊः है भनी सुटुक्क अह्राइपह्राइ पनि गर्छ । अब त यो हाम्रो संस्कृतिको पनि अभिन्न अंग बनेजस्तो पो भयो । यसो हुनुका विभिन्न कारण छन् ।
यसको सकारात्मक नकारात्मक प्रभाव पनि हुनै नै भयो । श्रीमान श्रीमतीले मसक्क मस्केर अँगालो हालेका विभिन्न मुद्राका फोटोहरु पनि त्यही सञ्जालमा देखिन थालेका छन् । सामाजिक मर्यादाका सीमाहरु समेत अतिक्रमित भइरहेका छन् । फेसबुकमा के हाल्न हुन्छ र के हाल्न हँुदैन भन्ने नै रहेन अब त !
कुरो जन्मदिनको शुभकामनाको गर्दै थियौँ, तर बरालिएछ कि क्या हो ! जन्मदिन वा अन्य कुनै शुभ अवसरको शुभकामना दिनु नजाति कुरो हुँदैहोइन, जातिकुरो नै हो । जन्मदिनको शुभकामना वा ह्याप्पि बर्थ डे भनिदियो, पुगिगयो । अरु केही गर्नुपर्ने हैन । अचेल त ‘ह्याप्पि बर्थ डे’ लेख्न पनि अल्छि मानेर एचबिडि (HBD)पो लेख्न थाले । जाँगर नचलेर त होला । करकापले लेख्नुपरेजस्तो ! होला पनि । फेसबुकमा प्रत्येकको बढीमा ५ हजार साथी हुन सक्छन् । तीमध्ये औसतमा १४ जनाको जन्मदिन पर्नेभयो । अब ती १४ जनालाई जन्मदिनको शुभकामना लेख्न जाँगर चलाउनु प¥यो । त्यहाँ हेर्नपर्ने, पढनपर्ने, जानकारी लिनुपर्ने थुप्रै काम छ तर समय थोरै छ भ्याइनभ्याई छ । तर शुभकामना त लेख्नैप¥यो ।. नलेख्दा फलानोले शुभकामना दिएन भन्ने पर्ला, रिसाउला कि भन्ने डर ! १४ जना मात्र हैन, तिनका श्रीमान वा श्रीमती, आमाबुबा, छोराछोरी आदिको पनि जन्मदिन पर्छ । यसरी त्यो दोब्बरतेब्ब्र हुनेभयो ।
कतिपय त कति जनाले शुभकामना दिए भनी लाइक र कमेन्ट गनेर बस्ने पनि हँुदारहेछन् । अनि रिसाएर, चित्त दुखाएर धम्कीपूर्ण भाषामा स्टाटस लेख्छन्,‘मेरो जन्मदिनको वा अन्य स्टाटसमा लाइक, कमेन्ट, नलेख्ने, सेयर नगर्ने, विश नगर्नेलाई अनफ्रेण्ड गर्दैछु ।’ कठै हेर्नुस त मान्छेको भोक ! भातको भोकभन्दा नि चर्को भोक ! शुभकामना दिइसकेपछि फेरि अर्को लिखत आउँछ, ‘फलानो दिन परेको मेरो जन्मदिनको शुभकामना दिनुहुने सबैमा धन्यवाद ।’
अब त्योपनि स्वीकार्नै प¥यो, लाइक गर्नपरो, वेलकम भन्न परो । अझ कतिपयले त सोझै पनि लेख्नथाले, ‘आज परेको मेरो जन्मदिनमा म आपूmलाई आफैँले शुभकामना दिन्छु ।’ हेर्नुस् त मान्छेको भोक ! हुन त यसलाई तैबिसेक मानौँ । कोही–कोही त यसो पनि लेख्न थालेछन्, ‘आज परेको मेरो जन्मदिनमा शुभकामना वा आशिर्वाद दिनुहुने सम्पूर्णमा आभार तथा धन्यवाद टक्¥याउँछु !’ कसैले तपाईँ भनोस नभनोस, आफैँ मपाईँ ! हुन त यो अरुको आशामुखी नबनी आफैँले स्वावलम्बी तरिका अपनाएको होला । बेमनासिब नमान्दा नि हुन्छ । यो सब भोगवादी संस्कृतिको प्रभाव हो । भोगवादी संस्कृतिले मानिसलाई विलासी र आत्मकेन्द्रित बनाउँदै समूह, समाज र लोकोपकारबाट अलग्याउँछ । कवि गौरी देवकोटा पनि हामीभित्र मौलाउँदै गरेको यस्तो प्रवृत्तिबाट चिन्तित हुनुहुन्छ ।
चिन्ता लेख्नुहुन्छ, ‘सँगै बसेका श्रीमान् श्रीमती, छोराछोरी, सासुससुरा, देवरदेउरानी, दाजुभाइ, दिदीबहिनी, फेसबुक चलाउन नसक्ने हजुरबाहजुरआमा, बाबाआमा, काखेनानीहरु सबै सबैलाई फेसबुकमा ‘ह्यापपी बर्थ डे’ भन्नुको मतलब के रैछ ?’ उहाँजस्तै अरुहरु पनि चिन्तित छन् हामीमा मौलाएको यस्तो प्रव्ृत्तिबाट । कोही व्यक्त, धेरैजसो अव्यक्त ।

बिरामी पर्दा अस्पतालकै बेडमा लमतन्न पसारिएर स्लाइन आदि चढाइरहेको दृश्यसमेतको फोटो पोस्ट गरेर, मृत्यु भएको छ भने अर्थीमा लम्पसार पारिएको वा चितामा सुताइएको वा दागबत्ती दिइएको, चिता जलिरहेको तस्वीर राखेर श्रद्धाञ्जली दिइएको पोष्टहरुसमेत बग्रेल्ती देख्न सकिन्छ । यसलाई मनोविज्ञानको भाषामा संवेदनाको कालोबजारी भन्दारहेछन् ।

कुरो जन्मदिनको मात्र होइन, वैवाहिक वार्षिक दिवस याने एनिभर्सरी, अन्नप्रासन, व्रतवन्ध, बिबाहलगायत मृत्युदिवसका श्रद्धाञ्जली आदि पनि । अझ बिरामी पर्दा अस्पतालकै बेडमा लमतन्न पसारिएर स्लाइन आदि चढाइरहेको दृश्यसमेतको फोटो पोस्ट गरेर, मृत्यु भएको छ भने अर्थीमा लम्पसार पारिएको वा चितामा सुताइएको वा दागबत्ती दिइएको, चिता जलिरहेको तस्वीर राखेर श्रद्धाञ्जली दिइएको पोष्टहरुसमेत बग्रेल्ती देख्न सकिन्छ । यसलाई मनोविज्ञानको भाषामा संवेदनाको कालोबजारी भन्दारहेछन् । कुरो जन्मदिनकै हो, प्रसंगवश बरालिएको मात्र हो ।
जन्मदिनको शुभकामना दिने कि नदिने ?
एक मित्र थिए पदम खड्का (२०१९–’७२), साह्रै नै मनकारी । भन्ने गर्थे, ‘शुभकामना शब्दको पछिल्लो वर्ण ‘ना’ लाई त्यागौँ र अघिल्ला चार वर्णले भनेको कुरोमा जोडबल गरौँ । शुभकामना दिएर न शुभ होस, न नदिएर अशुभ होस । तातो न छारो ।’ होपनि । त्यसैले मैले आफ्नो जन्मदिनको शुभकामनालाई आफ्नो मुहारपटमा पाँच वर्षदेखि निषेध नै गरेको छु । (तर पनि थोरबहुत शुभकामना छिरिहाल्छन् ।’ हो, बरु त्यस्ता व्यक्तिलाई शुभकामना दिऊँ जसले समाजमा उल्लेखनीय योगदान दिएको छ । त्यस्तालाई शुभकामना दिनु भनेको तिनको शुभ कार्यको सराहना हो र त्यसबाट त्यस्तो शुभकार्य गर्न अरुलाई पनि प्रेरणा मिलोस भन्ने आशय हो । त्यस्तो शुभकामना दिन पाउँदा मन पनि  प्रफुल्ल हुन्छ नि !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation