लुम्बिनीकाे प्रदेश अध्यक्षमा कँडेल विजयी

नेकपा एमाले लुम्विनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन् । बुधवार विहान २ बजे सम्पन्न मतपरिणाम अनुसार कँडेलले ४ सय ७९ र उनका निकटतम प्रतिस्पर्धी प्यूठानका हरिप्रसाद रिजालले ४ सय ७७ मत लिए । चुनावी मतगणना स्थलमा उनीहरुबीचको प्रतिस्पर्धा रोचक देखिन्थ्यो । २ भाेटकाे मतान्तरले कँडेलले प्रदेश अध्यक्षमा बाजि मारे ।

१२ जिल्लाका कुल १ हजार ५ जना मतदातामध्ये ९ सय ६५ मात्र मत खसेको थियो । ४० जना मतदान गर्न आएनन् । रिजाल र कँडेलको प्रतिस्पर्धालाई एमालेभित्र कतिपय नेताहरुले प्रतिष्ठाको विषय बनाएका थिए । अन्तिममा सहमती नजुटेपछि नेताहरु प्यानलै बनाएर चुनावी मैदानमा होमिएका हुन् ।

रिजाललाई पार्टी महासचिव शंकर पोखरेल र कँडेललाई उपाध्यक्ष विष्णु पौडेलको साथ रहेको थियो । तल्लो तहको नेता, कार्यकर्तामा समेत प्रष्ट हुनेगरी गुट अधिवेशनमा झांगिएको थियो । यो निर्वाचनले एमालेभित्रको गुटगत राजनीतिलाई अझ प्रसय मिलेको अधिवेशनमा सहभागीहरुले प्रतिक्रिया दिए । अधिवेशनबाट उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, रोल्पाका पूर्ण बहादुर बुढामगर र बर्दियाका लिला रानामगर विजयी भएका छन् ।

लगातार २० वर्ष पार्टी जीवनमा क्रियाशिल कँडेल जिल्ला, साविक अञ्चल हुँदै अहिले उनी प्रदेशको नेतृत्वमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation