भ्रष्टाचार विरुद्ध तिज गीत प्रतियोगिता, उपाधि सुर्यमूखीलाई

प्राणमञ्च डेस्क प्यूठान

तीज गीतकै माध्यमबाट महिलाहरुले भ्रष्टाचार विरुद्ध खवरदारी गरेका छन् । प्यूठान नगरपालिका नगरस्तरीय महिला सञ्जालको आयोजनामा आज आइतवार भएको नगर स्तरीय तीज गीत तथा नृत्य प्रतियोगितामा गीतको माध्यमबाट महिलाहरुले भ्रष्टाचार विरुद्ध खवरदारी गरेका हुन् ।


देशमा तल देखी माथी सम्म भ्रष्टाचार मौलाउदा जनताका समस्या ज्यूका त्यू रहेको तथा देशको अवस्था समस्या जनक रहेको भन्दै कार्यक्रममा सहभागी विभिन्न सहकारी संस्थाका प्रतियोगी महिलाहरुले राजनैतिक दलका नेताहरुको गलत कार्यशैलीका कारण हरेक क्षेत्रमा भ्रष्टाचार बढेकोले भ्रष्ट्राचार विरुद्धको अभियानमा सवैको ऐक्यवद्धता हुनु पर्नेमा जोड दिए । देशमा बालेन,हर्क जस्ता केही आशालाग्दा जनप्रतिनिधि भए पनि राजनैतिक दलका नेताहरुको कार्यशैली ठीक नहुँदा भ्रष्ट्राचार झन पछी झन मौलाएकोमा महिलाहरुले चीन्ता व्यक्त गरे ।

प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेश सभा सदस्य निमा गिरीले भ्रष्टाचार अन्त्य जरो र शिर दुवै बाट हुनु पर्नेमा जोड दिइन् । माथी मात्र भ्रष्ट्राचार हुँदैन तल्लो तहका हरेक निकायमा पनि भ्रष्ट्राचार हुन सक्ने भन्दै प्रमुख अतिथि गिरीले महिला दिदीवहिनी आवद्ध हरेक सहकारी ,संघ संस्थामा पनि भ्रष्टाचार हुन नदिन महिला दिदीवहिनीहरु सजग हुनु पर्ने बताइन् । मन्तव्यकै क्रममा प्रमुख अतिथि गिरीले भनिन् “ भ्रष्टाचार गर्ने नेता नेता होइन भ्रष्टाचारी हो , सवै नेता भ्रष्टाचारी हुदैनन् राम्रो काम गर्ने पनि छन् ।

भ्रष्टाचार विरुद्धको लडाई तथा महिलाको अधिकार प्राप्तीको लडाईमा सही विष्लेषणका साथ महिला दिदीवहिनीहरुको ऐक्वद्धता आवश्यक हुन्छ । तीजलाई विकृतिको रुपमा होइन अधिकार प्राप्तीको दिनका रुपमा मनाउनु पर्दछ । सदियौ देखी दविएर आएका महिलाहरुले दुःख व्यक्त गर्ने पर्वको रुपमा तीजलाई लिन सकिन्छ । सति प्रथा देखि लिएर महिलाहरुले पढे भने बौलाउछन् भन्ने परम्परागत समाजबाट अधिकार प्राप्तीका लागि लड्दै अहिलेको अवस्थामा आएका छौ । राज्य सञ्चालन गर्ने हरेक तहमा महिलाहरुको सहभागिता रहेको छ । अझै अधिकार प्राप्तीका लागि अघि बढ्न जरुरी छ ।

प्यूठान नगरपालिकाका नगर उप–प्रमुख देवेन्द्र बर्माको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमममा कार्यक्रमका विशेष अतिथि लुम्विनी प्रदेश सभा सदस्य धन लक्ष्मी श्रेष्ठ,जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जि.सि.,अन्तरपाटी महिला सञ्जाल जिल्ला सचिव सुन्दरा के.सी. लगायतका वक्ताहरुले तीजका नाममा हुने विकृतिलाई नियन्त्रण गर्नु पर्ने,तल देखि माथी सम्मको हरेक क्षेत्रमा हुने भ्रष्ट्राचार नियन्त्रणका लागि सवै जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नगरस्तरीय महिला सञ्जालका पदाधिकारीहरु,महिला सञ्जालका पूर्व पदाधिकारीहरु,नगरका विभिन्न वडाका वडा अध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधिहरु, प्यूठान नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द राज घिमिरे,नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरु,महिला सहकारी संस्था तथा समुहका पदाधिकारी तथा सदस्यहरु,पत्रकार,नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

शिवा रावतको सञ्चालनमा भएको कार्यक्रममा नगर क्षेत्रका विभिन्न ११ वटा महिला समुह, सहकारी संस्थाहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा सुर्यमुखी आमा समुह प्यू.न.पा. १० प्रथम ,वागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लि. मरन्ठाना द्धितिय ,संगम महिला बहुउद्धेश्यीय सहकारी संस्था लि. तृतिय र मौषम महिला कृषि सहकारी संस्था लि. प्यू.न.पा. २ ले सान्त्वना स्थान हासिल गरेका थिए । पत्रकार प्रकाश बैद्यले लेखेको सो समाचार हाम्रो एकताबाट लिएका हौँ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation