मदनकाे उपचारमा सारथि बन्दै खलंगा सराेकार समूह, जीवन रक्षाकाे निम्ति सहयोग गरिदिन अपिल

विगतद ४ वर्ष अगाडि घरकाे बार्दलीबाट लडेर ढाड भाँचिएका मदनकाे  बेड इन्फेक्सनका कारण पछाडिको हिप सडेकाे हुनाले निज मदन बुढाथोकी क्षेत्रीलाई मंगलबारदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएकाे छ । गत एक हप्ता अघिदेखि युनिभर्सल मेडिकल कलेज भैरहवामा निशुल्क उपचारकाे प्रबन्ध मिलाएकाे भएपनि अन्तिम समयमा साे अस्पतालले भर्ना लिन नमानेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा फर्किएर उपचार सुरु भएको पारिवारिक स्राेतले जानकारी दिएकाे हाे । लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनका अनुसार मदनकाे उपचार गर्न करिब दुई महिना लाग्ने छ । मदनलाई स्वास्थ्य लाभकाे कामना गर्दै आउनुस् तपाईं हामी सबैले उनकाे दयनीय स्वास्थ्य अवस्थालाई केही सहजतामा ल्याउनकाे लागि सक्दाे सहयोगी हातहरु अगाडि बढाउने गराैँ ।

एक हप्ता अघि जिल्ला अस्पताल विजुवार पुगेका मदनकाे यस्तो जटिल समस्याकाे उपचार जिल्लामा नहुने भएपछि उनलाई बुटवल रिफर त गरियो तर आर्थिक अभावकै कारण रिफरको कागज सिरानीमा राखेर भाउजुको घरमा सड्न विवश थिए मदन ! आमा बराबरकाे सहारा भाउजु भएको बताउने मदन आफ्ना सबै समस्यामा भाउजुको राम्रो माया, स्नेह र स्याहार पाएकोमा भाउजुप्रति निकै नतमस्तक छन् । विगत ४ वर्षदेखि उनकी जेठी भाउजु सरस्वती केसी बुढाथोकीले हर अभाव र चुनाैतिहरुलाई पचाउँदै देवरकाे सहारा बनिरहेकी छन् । भित्र बाहिर गराइरहेकी छन्, रुखाेभुकाे खाना खुवाएकी छन् । नुहाएकि छन्, चुठाएकी छन् । यसाे त आजकाे स्वार्थी समाजमा यत्तिको सहयोगी मनका भाउजुहरु भेट्टाउन निकै कठिन छ ।

प्राणमञ्च मिडियामा निजकाे उपचारमा जटिल समस्या आएकाे खबर पाेस्ट गरेलगत्तै अभियानकर्मी मनाेज कुमार श्रेष्ठद्वारा खलंगा सराेकार मञ्च नामक सार्वजनिक ग्रुपबाट निज मदनकाे उपचारार्थ सहयाेग अभियान थालिएकाे छ । सामाजिक संजालमा विभिन्न नामधारी समुहमा सदस्यहरु संगठित गरेर देवी देवताका मुर्ति राख्ने, नचाहिने, असत्य र अनर्गल सामाग्री राखेर समुहलाई विकृत बनाउनुकाे सट्टा हरेक सार्वजनिक समुहहरुलले खलंगा सराेकार समुले जस्तै आपत विपतमा परेका विपन्न नागरिकहरुकाे उद्दारमा लागे दुर्जनका कैयौं समस्या समाधानमा टेेवा पुग्ने सराेकारवालाहरुकाे ठहर छ ।

सामाजिक सेवा भावका धनी अभियानकर्मी मनाेज कुमार श्रेष्ठका अनुसार विगत साढे दुई वर्षदेखि सञ्चालनमा आएकाे साे समुहमार्फत उत्पीडनमा परेका दिनदुखी तथा विकास निर्माणका विभिन्न सवालहरुमा सकारात्मक नकारात्मक दुबै विषयमा साे समुहले वकालत गर्दै आइरहेको छ । दिनदुखीकाे उपचार तथा उद्दार सहयाेगार्थकाे रुपमा साे समुहले मल्लरानी गाउँपालिका भित्रका २३ जना पीडितहरुलाई झण्डै आधा कराेड (४७ लाख) बराबरको सहयाेग रकम प्रदान गरेकाे छ ।

हामीले प्राणमञ्च अनलाइनमा समाचार पाेस्ट गरेकाे १ घण्टा भित्रै साे समुहका इडमिन समेत रहेका मनाेज कुमार श्रेष्ठले खलंगा सराेकार समुहमार्फत सहयाेग अभियान थालिने प्रतिबद्धता जनाएबमाेजिम याे समाचार तयार पार्दासम्म करिब २५ हजार नगद निजकाे भाउजु सरस्वती केसी बुढाथोकीकाे खातामा जम्मा भइसकेकाे छ । देश विदेशमा रहने विभिन्न सहयोगी मनका धनीहरुले आफ्नाे गक्षताअनुसार साे सहयाेग रकम जम्मा भएको हाे ।

खलंगा सराेकार समुहका संचालक मनाेजकुमार श्रेष्ठ निजकाे पहलमा साे समुहमार्फत मदन बुढाथोकी उपचार सहयाेगार्थ आर्थिक संकलन अभियान थालिएको हाे ।

 

चरम आर्थिक अभावमा जीवन मृत्युको संघर्षमा लडिरहेकाे मदनकाे परिवारले सहयोगी मनका सराेकारवाला समाजसेवीहरुले सकेजति आर्थिक जाेहाे गरिदिन आग्रह गरेकाे छ । स्मरण रहाेस्: २०७६ सालमा दिल्लीमा ढाडकाे अप्रेशन गर्दा अस्पतालमा तिर्नुपरेकाे ७ लाख भारतीय रुपैयाँ निजका दाइले काम गर्ने एक हाेटलका मालिकले जाहाे गरिदिएका थिए । उनका माइला दाजुले ४ वर्षदेखि साेही ऋण तिर्नकै लागि निजकाे हाेटलमा हालसम्म काम गरिरहेका छन् । ऋण चुक्ता नहुँदासम्म घर वा अन्यत्र कतै जान नपाइने साहुसँगकाे वचनबमाेजिम उनी ४ वर्षदेखि आफ्नो घर फिर्न पनि पाएका छैनन् ।

मल्लरानी गाउँपालिकाका ५ नम्बर वडा अध्यक्ष गाेपाल बहादुर थापाले उनको उपचारको लागि एम्बुलेन्स तथा खानपिनसहितको आर्थीक जोहोमा आफु लाग्ने प्रतिबद्धता जनाएका छन् । उनकाे पहलमा हालसम्म करिब १२ हजार नगद पीडितको खातामा जम्मा भएको छ । पारिवारिक स्राेतका अनुसार कमजोर आर्थिक अवस्थाकै कारण मदनकाे दैनिक रुपमा आवश्यक पर्ने दूध, माछामासु तथा फलफूल जन्य पाैष्टिक आहारकाे जाेहाे गर्न सकिएकाे छैन भने दिसापिसाब विर्जनका लागि चाहिने डायपर तथा युरिन ब्यागसमेतकाे अभाबले नियमित सरसफाइमा निकै समस्या उत्पन्न भएको उनकी भाउजुकाे गुनासाे छ ।

सहयाेग गर्न चाहना हुने हरकाेहि सहयाेगी महानुभावहरुले मदनकाे भाउजु सरस्वती केसी बुढाथोकीकाे नाममा साइन रेसुङगा विकास बैंककाे खाता नम्बर : ०२१००३००१०७१८५०००००१
मा स्वइच्छिक सहयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation