Pranmancha

Advertisment

SKIP THIS

भिएन कलेजको तिज मिलन तथा विद्यार्थी स्वागत कार्यक्रम

 

घोराही । दाङको घोराही – १५ मा रहेको भिएन स्कुल एण्ड कलेजमा तिज मिलन २०८० कार्यक्रम सम्पन्न गरेको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा कक्षा ११ मा नवआगान्तुक विद्यार्थीहरुलाई सोही अवसरमा स्वागत कार्यक्रम पनि गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

घोराहीमा अवस्थित होटल पौवामा आयोजित सो तिज मिलन तथा स्वागत समारोह कार्यक्रमको प्रमुख अतिथि सोही विद्यालयका प्रधानाध्यापक रहेका थिए । प्रमुख अतिथि द्रोण खड्काले विद्यालय स्थापनाको छोटो समयमै विद्यार्थीलाई व्यवहारिक ज्ञानसँगै गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको बताए । उनले विद्यायमा कक्षा ११ र १२ मा कम्प्युटर साइन्सलाई विषेश प्राथमिकता राखेर शिक्षा प्रदान गरिरहेको समेत जानकारी दिँदै खड्काले शिक्षालाई ज्ञान, सीप र रोजगारीको माध्यमसँग जोड्दै देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा आफ्नो कलेजको मुख्य ध्येय रहेका जिकिर गरे ।

 

विद्यालयकी सहायक प्रधानाध्यापक तथा कार्यक्रमको विशिष्ट अतिथि बहकरीले एसईईपछिको शिक्षा जीवन निर्वाहका लागि पनि महत्त्वपूर्ण हुने भएको हुँदा हरेक विद्यार्थी आफ्नो पढाइप्रति गम्भीर बन्दै सिकाक्षर्् प्रक्रियामा हरेक विद्यार्थी नयाँपन र खोजमुलक विषयमा फराकिलो ढंगले सोचविचार गर्नुपर्नेमा जोड दिइन् ।

 

 

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत तथा नृयहरु पस्तुत गरेका थिए, भने आ(आफ्नो पहिचान झल्किने खालका मौलिक पोसाकमा नृत्य प्रस्तुत गरेको थिए ।

कार्यक्रम कक्षा १२ मा अध्ययनरत विद्यार्थी पुजा खड्काको अध्यक्षता एवं कलेजका प्रधानाध्यापक द्रोण खड्काको प्रमुख आतिथ्यता तथा कलेजका भाइस पृन्सीपल शारदा बहकरी ९खड्का०को विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा कलेजका प्लटु संयोजक भोलाप्रसाद डाँगी लगायतका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । डिलिप विकको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण विद्यार्थी राज कुमार केसी र सृजना वेल्वासेले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation