निर्माण सम्पन्न भएर पनि पार्क सञ्चालनमा नआउँदा पर्यटकमा आक्राेश

अनिल खत्री /३१ भदौ, गुल्मी
गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले ‘रेसुङ्गा पार्क’ निर्माण गरिएको छ ।

पार्कमा तम्घास आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आनन्द लिने स्थल बनाइएको हो । तर, पार्क निर्माण भएको करिब ८ महिना बित्दा समेत सञ्चालनमा आउन सकेको छैन ।

पार्कको ५ करोड ५९ लाख ५३ हजार ५०१ रुपैयाँको लागतमा धुलिखेल-अर्जुन-न्यु लिजा जेभी तम्घास गुल्मीले पार्क निर्माणको काम गरेको हो । पार्क निर्माण कार्य २०७९ साल फागुन ३० गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

तर, निर्माण व्यवसायीले तोकिएको समय अगावै निर्माण कार्य सम्पन्न गरेका थिए । समय अगावै निर्माण कार्य सम्पन्न भएको पार्क सञ्चालनमा नआउँदा नागरिक आक्रोशित भएका छन् ।

निर्माण व्यवसायीले सम्झौता अनुसारको रकम नपाएको गुनासो गरेका छन् । पार्क निर्माणबाट झण्डै ३ करोड रकम पाउनुपर्ने रहेको निर्माण व्यवसायी लक्ष्मी खनालले बताइन् ।

पछिल्लो समय रेसुङ्गा जानेको संख्या वृद्धि भइरहेकाले पार्क अवलोकन गर्न नपाउँदा दुखित हुँदै फर्किने गरेको सन्तोष पन्थीले बताए । आवश्यक पक्रिया छिटो पूरा गरेर सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation