


औषधि व्यवस्था विभागले विभिन्न १०३ प्रकारका प्रतिजैविक औषधिको उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ। औषधि सल्लाहकार समितिको सिफारिसअनुसार विभागले विभिन्न औषधि बिक्री वितरणमा रोक लगाएको हो।
विश्व स्वास्थ्य संगठनबाट सिफारिस नगरिएका १०३ प्रकारका प्रतिजैविक औषधिहरूको दर्ता, नवीकरण, पैठारी र प्रयोगसमेत नगर्न विभागले सचेत गराएको छ। नेपाली उद्योगले अब यस्ता औषधिको समिश्रण र सोको कच्चा पदार्थको थप–नयाँ दर्ता, पैठारी दर्ता र पैठारी सिफारिस प्रमाणपत्रसमेत पाउनेछैनन्।