“सेभेन ए साइड” कपकाे उपाधि लाेटसलाई

अटल युवा क्लबद्वारा सञ्चालित सेभन ए (Seven A side) साइड फुटबल प्रतियोगिताकाे उपाधी द लाेटस ट्रेनिङ सेन्टर घाेराहीले हात पारेकाे छ । घाेराही उपमहानगरपालिका १२ रमनामा रहेकाे अटल युवा क्लबले आयाेजना गरेकाे फुटबल प्रतियोगितामा दाङ जिल्लाबाट २० वटा टिमकाे सहभागीता रहेकाे थियाे ।

गत भदाै २१ गतेदेखि जारी खेलमा (बुधबार) आज भएको फाइनल खेलमा ३/ ५ गाेलअन्तरमा शुभबिहानीकाे एफ सीलाई द लाेटस ट्रेनिङ सेन्टरले पराजित गरेकाे हाे । भदौ ३१ गतेनै सकिनुपर्ने साे खेल वर्षाकाे कारणले ३ दिनपछि भएको क्लबका अध्यक्ष टिकाराम खड्काले बताए ।

राष्ट्रका लागि खेलकुद, स्वस्थ जीवनका लागि खेलकुद भन्ने मूल मर्मलाई आत्मसात गर्दै समग्र खेल जगतसँगै स्थानीय लेभलका खेलाडीले पनि निरन्तर प्रतिस्पर्धा गरि राष्ट्रिय खेलाडीकाे पहुँचमा दाङ जिल्लाबाट पनि टेवा पुगाेस् भन्ने उदेश्यले साे फुटबल खेलकाे आयाेजना गरिएको अध्यक्षले बताए ।

 

उनले समाजमा सकारात्मक एवम् जनचेतनामूलक सन्देश प्रवाह गर्नकाे लागि क्लबले विगतदेखि नै खेलकुद लगायत विभिन्न साँस्कृतिक एवम् सिर्जनात्मक क्रियाकलापहरु गर्दै आइरहेकाे प्राणमञ्चसँग बताए । स्मरण रहाेस्: अटल युवा क्लबले स्थापनाकाे छाेटाे अवधिमै दुई तलाकाे आधुनिक भवन निर्माण गरेकाे छ भने उसकाे आफ्नै फुटबल मैदान, ब्याडमिन्टन पाेर्ट लगायतका भाैतिक संरचनाहरुकाे विकास गर्न सफल भएको छ ।

स्थानीय कला संस्कृतिकाे जगेर्ना गर्ने तथा स्थानीय कला र प्रतिभाको प्रष्फुटन हाेस् भनेर हरेक दशैंमा पनि विविध साताव्यापी खेलकुद लगायतका कार्यक्रम गरिरहेकाे साे क्लबका सचिव शक्तिराम वलीले बताए ।

विजेता टिमले रु २५ हजार र उपविजेताताले रु १५ हजार नगदसहित क्रमशः मेडल, कप र प्रमाणपत्र पाएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation