नेपाल–चीन विकास रणनीतिलाई बलियो ढंगले जोड्न चाहेका छौंः चिनियाँ राष्ट्रपति

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँगको द्विपक्षीय सम्बन्धमा निरन्तर प्रगतिका लागि विकासको रणनीतिमा जोड्न चाहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनको हाङचउमा शनिबार भएको द्विपक्षीय वार्तामा चिनियाँ राष्ट्रपति सीले नेपालसँगको सम्बन्धलाई चीनले अति महत्व दिएको बताए ।

 

‘सीले चीन-नेपालको सम्बन्धलाई अति महत्व दिएको जोड दिनुभयो र द्विपक्षीय सम्बन्धमा निरन्तर नयाँ प्रगति प्रवर्द्धन गर्नका लागि विकासको रणनीतिमा जोड्ने कार्यलाई सशक्त बनाउन चाहेको बताउनु भएको छ,’ भेटपछि नेपालका लागि चिनियाँ राजदूत छन सोङले एक्समा लेखेका छन् ।

एक साता लामो चीन भ्रमण रहेका प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच शनिबार हाङचउमा भेट भएको थियो ।

दाहाल १९ औं खेलकुदमा सहभागी हुन शनिबार हाङचउ पुगेका छन् । ‘चिनियाँ राष्ट्रपति सीले श्रृंखलाबद्ध अघि सारेको अवधारणा तथा पहलकदमीलाई समर्थन गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय व्यवस्थालाई थप न्यायोचित र उचित दिशामा विकासलाई प्रवर्द्धन गर्न, विकासशील राष्ट्रहरुको साझा स्वार्थको संरक्षण गर्न र मानव जातिको साझा भविष्यको समुदाय विकास गर्नका लागि चीनसँग काम गर्न चाहेको बताएका छन् ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation