Pranmancha

Advertisment

SKIP THIS

आउ बरु निकासकाे विमर्श गराैँ: कविता- पदम प्रसाद पाेख्रेल

 काेठीभिरकाे शिरलाई साक्षी राखेर
एकाकार भई गमेर छलफल गराैँ
गाउँ-गाउमा रित्तिरहेकाे मानव बस्ति
कसरी पुनःस्थापना गर्न सकिएला
गाउँकाे अर्गानिक उत्पादनकाे बजारीकरण 
 पछिल्लोपटक गातिनामा

उर्लिएकाे कागती र बेसार (हलेदाे)
स्याउलिवाङकाे आलु, रायाे र सिस्नाे

डामृ, खबाङ र लुङका सुन्तलाहरु
मगर संस्कृतिका बहुमुल्य प्रतिककाे
बजारीकरण र मुनाफाकाे मन्थन

टेलटाेलका सयाैं दरबारहरुमा
तिम्राे सत्ताकाे रजाइँ चलिरहँदा
निर्जन गाउँ रित्तिरहने कहिलेसम्म हाे !

के विमर्श गर्न ढिलाे भएको छैन 

          सुदुर…….माथि……
 तपतप चुहिने झुपडीमा सिटामाेल नपाएर
तड्पिरहेका बृद्ध बा-आमाहरुका
अभाव र चित्कारलाई निराकरण गर्दै
ओक्ताेमुलाेकाे सहज अवसरकाे खाेजिमा
के याे छलफल गरे हुन्न र महाेदय !

बरु तिम्रै भाषामा भएपनि
नाैबहिनी, माक्रे र लुङ देवतालाई साँच्छी राख्दै
घनिभुत छलफल गरे कसाे हाेला महाेदय
उद्याेगमार्फत मुलुकी समृद्धिकाे नारा भजाउँदै
लुप्लुङमा छिरेकाे विनाशकारी डाइनाेसरले
माैजुदा तिम्रै ऐन कानुनलाई धज्जी उडाएर
कसरी चिथाेरेकाे छ मातृभूमिलाई
अनन्त द्वन्द्वकाे खाडलमा झाकेर
कसरी भाँडेकाे छ समाजलाई
ऐतिहासिक भूगोलको नरसंहार गरेर
बा-बिनाका बच्चाहरू कति जन्मिए 

के यसकाे छलफल र निकास चाहिँदैन ?

इमान, जमान र त्यागलाई समर्पण गर्दै
के अझै पनि संकल्प गर्ने हाेइन 
          तिमीले
कमिसनको बिटाे जस्केलाबाट बुझिरहँदा
यहाँका निमुखाहरुकाे अभाव र चीत्कार
कसले सु्न्ने हाे बेवारिसे सरकार
स्याउलिवाङका दुर्जनका पीडाहरु
जहाँ आफ्नै सिंहदरबार पुग्न
अन्य तीन दरबारकाे चक्कर मारेर
बल्ल तिम्रो दरबारमा पुग्नुपर्छ !!
किन साेचेनाैँ याे आहतकाे दिर्घ समाधान ?

अझैपनि हाम्रा छलफलका विषय किन बन्दैनन्
खानपिन र भ्रमणमा कराेडाैँ झ्वाम पार्ने
     कथित अनुगमनकाे नाममा
कमिसनकै विटाे बाेक्दै, नानाथरी आराेप लगाएर
निमुखा सेवाग्राहीलाई हप्ताैँ धाउन बाध्य पार्ने
नरभक्षी कर्मचारी र नेताका रवैया

अझैपनि बचेकाे छ भने थाेरै नैतिकता
मानवीय सेवाभावकाे सुन्दर समाज निर्माणमा
आजकाे बाधक तत्वहरु केके हुन्
किन बनेकाे छैन अस्पताल, किन भएन निकास
किन उठ्न सकेकाे छैन जनजीवन
किन मिलेकाे छैन खास विकासकाे निकास
उचित शिक्षा, स्वास्थ्य र राेजगारीकाे
प्रबन्ध गर्ने कसकाे काम हाे ?
किन भत्किएनन् अपराध र भ्रष्टाचारका महल
किन साेच्दैनाै तिमी संवेदनशील यी सवाल

सरकार
फेरिपनि नझुक्याउ मलाई
किनकि मलाई राम्रोसँग थाहा छ
त्याे कराेडाैँ खर्चेर बनाएकाे सिंहदरबार
दुर्जनका भाेक, ओेत र शाेकमा
निर्जनका टाउकाे बझार्ने कुतकाे बाेझ थपेर
रमिते बनेर कासन गर्ने हाे
याे बेकारकाे हाेहल्ला र चाकडी
आखिर सब के काे लागि ?
त्याे कंक्रिटकाे सिंहासनकाे
कथित उद्घाटन सिंहले गराेस् वा स्यालले
जनचासाेकाे याे कुनै सवाल हाेइन
जनकाे चासाे त सत्य, न्याय र निकासकाे हाे
के याे निकास दिने तिम्रो हिम्मत छ ?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation